Navigate back to the homepage

My life My study -सूर्यग्रहण

Sitaram Prasad Shah Telee
June 20th, 2020 · 1 min read

यो सत्य छ । पृथ्वीमा सूर्यलाई देवताको रुपमा लिएता पनि जीवनको आधार सूर्य नै हो । पौराणिक भनाइ प्रकृतिका प्रमुख ५ शक्ति मध्ये पृथ्वी लगायत सबै ग्रह, उपग्रह र नक्षत्रमण्डल सूर्यबाटै उत्पन्न भएको हो । यो सत्य छ, तर सूर्य ग्रहणको बेलामा सूर्यमा एकाएक कालो धब्बा बाट ढाकिएको देख्दा हाम्रो विश्वास देवतामा ग्रहण लागे र यो पृथ्वीमा जीवन नष्टको अनिष्ट हुने भनिन्छ ।

सूर्यग्रहणको कल्पना महाभारत समयमा पनि अनिष्टकारी घटनाका रुपमा लिएको छ । सूर्यग्रहण लाग्ने कुनै न कुनै अनिष्टकारी घटनाको कल्पनासंग सम्बन्धित पाइएको छ । पृथ्वीमा सुर्यलाई देवताको रुपमा लिएता पनि जीवनको आधार सम्झी केही हुने घटना विश्वास साथै ग्रहणको बेला निस्कने किटाणुलाई ध्यानमा राखि खाने-पिउने र दैनिक व्यवहारको काममा सावधानी पनि बरतनु पनि भनिएको छ, किनकि यस समय निस्केको किटाणुबाट बढी रोग लाग्ने सम्भावनाको विश्वासबाट बच्न शान्तिपूर्ण रुपले धर्ममा विश्वास राख्ने, पुजा पाठ गर्ने र आफ्नो परमपूज्यलाई प्रार्थना गर्नेमा नै विश्वास गरिएको छ । प्राचिनकालमा रोमको युनान साहित्यमा ११७८,६४८ र ४६३ ई. पूर्वमा भएका सुर्यग्रहणको उल्लेख छ । सुर्यग्रहणको पुरानो उल्लेख चिनियाँ इतिहास इसापूर्व २१३६ को २२ अक्टोवर को दिन भएको मानिन्छ ।

सूर्य ग्रहणको उल्लेख बाइबलमा ७६३ इसापूर्वमा भएको उल्लेख छ । पैगम्बर मोहमदको छोरो इब्राहिमको मृत्यु सुर्यग्रहणका दिन भएको बताउँछ । यो २२ जनवरी सन् ६३२ को कुरो थियो, त्यही सूर्यग्रहण लागेको दिनको उल्लेख छ ।

पूर्विय ग्रन्थ ऋगवेदमा स्वरभानु नामको राक्षसले सुर्यलाई निलेर पृथ्वीलाई अन्धकारमय बनाएको कुरा पनि उल्लेख पाइन्छ । भारत-नेपालमा रहेको मान्यता राहु नामको राक्षसले सूर्यलाई निल्छ तब सूर्य ग्रहण हुन्छ । यो वास्तवमा अनिष्ट हुनेको सुचना पाइन्छ । यस्तै वाल्मिकि रामायणमा राम र खर नामको राक्षस बीच घनघोर युद्ध चलिरहेको बेला सूर्य ग्रहण लागेको कुरा मानि आएको छ । महाभारतमा पनि अर्जुनले जयद्रथको हत्या गर्ने समयमा क्षणभरको लागि आकास अन्धकारमय भयो । पाण्डवहरुको वनवासको समय र दुर्योधनको मृत्युको समयमा पनि सूर्यग्रहणको उल्लेख छ । यस्तो त सूर्यको महत्व हनुमान जी ले पनि एक पटक सूर्यलाई निलेर पुरा पृथ्वी केही दिन अन्धकारमय बनाएको कथा पनि सर्व विदितै छ । प्रचीनकालमा मिश्रवासीहरुले सूर्यलाई देवताको रुपमा कल्पना गरेको र मानेको छ, कि सूर्य आफ्नो यात्रा नाव(रथ)मा बसेर गरि रहेको छ ।

उपरोत्त सबै कुरा साथै वास्तवमा यो सबै ग्रहहरुसंग सम्बन्धित र प्राकृतिक खगोलिय घटना नै मात्र हो, र यसमा सचेत बस्न विज्ञानबाट सुझाव पनि होला ।

Join our email list and get notified about new content

Be the first to receive our latest content with the ability to opt-out at anytime. We promise to not spam your inbox or share your email with any third parties.

More articles from PrasadTelee

नेपाल र सगरमाथा -एक अध्ययन

A little things we do, so far I tried. Whatever the name, the aim in life is to experience the heaven of Sherpas' chomolongwa.

May 6th, 2020 · 29 min read

शहिदको प्रेरणा र स्मरण

हो, कविले ठीक भनेका हुन् । प्रकृतिको नियम तारा झरेर गएन भने विहान हुँदैन र सपूत मरेनन् भने मुलुक पनि बन्दैन । आजको नेपाल एउटा स्वतन्त्र देशको रुपमा चिनिन कयौं शहीदहरुले आफ्नो ज्यान अहूति दिएका छन् ।

March 20th, 2020 · 11 min read
© 2020 PrasadTelee
Link to $https://twitter.com/teleeprasadLink to $https://facebook.com/prasadtelee.sitaramLink to $mailto:ruaasr2@gmail.com