हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
हो, कविले ठीक भनेका हुन् । प्रकृतिको नियम तारा झरेर गएन भने विहान हुँदैन र सपूत मरेनन् भने मुलुक पनि बन्दैन । आजको नेपाल एउटा स्वतन्त्र देशको रुपमा चिनिन कयौं शहीदहरुले आफ्नो ज्यान अहूति दिएका छन् । १०४ वर्ष जहाँनिया राणा शासनको (जहाँनिया शासनः वि.स. १९०३मा श्री ३ को उपाधि जङ्ग बहादुर राणा पाए पछिको इतिहासमा जाँदा १९१३ साउन २४ गते बाट वंशानुगत जहाँनिया राणा शासनको शुरुआत भयो ।) विरुद्ध बुलन्द आवाज उठाउँदै नेपाली र नेपालको साझा अस्तित्वको लागि आफ्नो ज्यानको बाजी थाप्दै आदरणीय वीर शहीदहरु लखन थापा मगर, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री यो देशको अस्तित्व जोगाउने त्यही दुईचार सपूतहरुमा पर्नुहुन्छ ।
स्वतन्त्र जीवनको उन्नत यौवन हो र यसका लागि मानिसले जे पनि गर्न सक्छ । राणाहरुले १०४ वर्षको एक तन्त्रीय शासनबाट नेपाललाई मुक्त पार्न वीर शहीदहरुले आफ्नो ज्यानको वास्तासम्म गरेनन् । उमेर नढल्किदै आफ्नो यौवनको आलो रगत राणाहरुको बन्दुकको गोलीबाट बगाइदिए, अहिलेको नेपाल बनाउन । तर विडम्बना त्यही रगतमा अहिलेको प्रजातन्त्रको नाममा राणाकालीन शासनको विरोध र स्वतन्त्रताको विगुल फुक्नमा अग्रणी रहेका मध्ये शहीदहरु दशरथ चन्द, गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्रीको बलिदानको खिल्ली नउडाइएको पनि कहाँ हो र ? तर २००७ सालको क्रान्ति तिनै महान चार शहीदको देन हो । हुनत अहिले देशमा कति शहीद छन् भनेर गन्न सकिने अवस्था छैन । अहिले देश र नागरिकका नाममा लड्ने न भई पार्टी विशेषका लागि लड्नेहरु पनि शहीद भएका छन् । अहिलेको शहीद बर्गीकरणले ती चार महान् शहीदको अपमान त भएको छैन ? अन्नपूर्णा टुडे २४ मंसिर २०७३ अनुसार शहीदहरुको सिफारिस त्रुटिपूर्ण र गलत नियतले पनि समावेश गरिएका छन् । अरु नै भवितव्य परेर मरेका व्यक्तिलाई शहीदको सुचिमा राखेर शहीद घोषणाको संज्ञा दिएको पाइएको छ । यद्यपी कहिले प्रत्येक वर्षको माघ १६ गते मनाइने शहीद दिवसमा भने प्रत्येक नेपालीलाई शहीदहरुले बलीदानपूर्ण माल्यार्पण र भाषणमा सिमित संघर्षको सम्झना दिलाउने गर्दछन् । यस दिन सवै तह र तप्काका नेताहरुले माल्यार्पण गरेरै भए पनि सम्झिन्छन्, अमर शहीदहरुलाई । यस दिन शहीदहरुलाई नसम्झनेले सायद देशलाई सम्झदैनन् होला र यो पंक्तिकार पनि यस सम्झनाबाट टाढा रहन सकेन । त्यसो त अमर सहीदहरुलाई गोली ठोक्ने नरशम्शेरहरु जीवितै नभएको कहाँ हो र ? जो अहिले दशरथ चन्द र गंगालाललाई उनीहरुको इच्छा बमोजिम एक साथ मर्ने धोको पुर्याइदिन नसकेकोमा निकै सन्ताप गर्दछन् ।
‘स्वतन्त्रता र माफी’ दुई परस्पर विरोधी कुराहरु हुन् । दासताबाट मुक्ति पाउन लड्नेहरु जीवनलाई त्यति महत्व दिँदैनन् र क्षमा वा माफी शब्द सुन्न पनि रुचाउँदैनन् । वि.सं. १९९७ सालमा यो वीर शहीदहरुले जहाँनिया राणाशासकहरुसँग माफी मागेका भए हामी यो शहीद दिवस मनाउन्न थियौ, होला ? वि.सं. १९९७ को माघ १० गते शहीद शुक्रराज शास्त्रीलाई टेकुस्थित एउटा रुखमा झुण्ड्याएर क्रुरतापूर्वक मृत्युदण्ड दिइएको थियो भने त्यसको ठीक तीन दिन पछि माघ १३ गते अर्का शहीद धर्मभक्त माथेमालाई सिफलस्थित खरिको बोटमा झुण्ड्याई निर्दयतापूर्वक तीन पटकको प्रयासमा मृत्युदण्ड दिइएको थियो । दशरथ चन्द र गंगालाललाई पनि झुण्ड्याइएर नै मृत्युदण्ड दिने राणाहरुको योजना भएपनि उनीहरुको अन्तिम इच्छा एकै साथ एकै ठाउँमा मर्ने भएकोले त्यसो गरिएन तर एकै साथ मृत्युदण्ड दिइएन पनि । वि.सं. १९९७ सालको माघ १४ गते राति दशरथ चन्द र गंगालाललाई शोभाभगवतीमा लगियो र उनीहरुको इच्छा विपरित छुट्टाछुट्टै समयमा बन्दुक तेस्र्याइ मुत्युदण्ड दिइयो । गंगालाललाई मृत्युदण्ड दिँदा उनी त्यसै दिन मात्र एउटा सन्तानको बाबु भएका थिए । आफ्नी प्राणप्यारी जीवन संगिनीलाई ‘हसिना’ सम्म भन्न नपाउँदै र सन्तानको मुखसम्म हेर्न नपाई एउटै गोलीमा उनको प्राण उडाइयो । हामी कल्पनासम्म पनि गर्न सक्दैनौ कि एउटी आमाले आफ्नो सन्तानलाई उसको बाबुको अनुहार देखाउन नपाउँदा कस्तो भयो होला ?
राणाशासनको काम र कर्तव्य बारे एउटा: पुस्तकालय पर्व पनि यादगारको रुपमा देखिन्छ । यो वि.स. १९८७ सालको कुरा हो । १९८७ मा लक्ष्मी प्रसाद देवकोटा लगायत ४६ जनाले “जन पुस्तकालय” खोल्ने विचारले भीम शमशेरको नाममा विन्तपत्र लेखेका थिए । तिनै मध्येका रामचन्द्र अधिकारीले पोल लगाएकाले देवकोटा लगायत अन्य सबैले १००-१०० रुपैया (100 rupees each) जरिवाना तिरेका थिए । नेपालको इतिहासमा यसलाई पुस्तकालय पर्वका नामले चिनिन्छ । उक्त घटना पछि नेपाली जनताहरु निकै त्रस्त भएका थिए ।
यसरी बनेका सहीदहरुको सम्मान मेरो देशले गर्न नसकेको कारण मातृभूमि लाजले मुख छोपेर रोइरहेकी छिन् । शहीदहरुले आफ्नो देशमा स्वतन्त्रता ल्याउनको लागि गलामा फाँसीको माला लगाई मातृभूमिप्रति मुसुक्क हाँस्दै आफ्नो आलो रगत आफ्नै देशको लागि दिए । शहीदहरुले लगाएको बाटो हिँड्न नसकि, मेरो देश आज दयनीय अवस्थामा गुज्रीरहेको छ । यीनै सहीद र शहीद परिवारलाई मेरो देशले उच्च सम्मान पनि दिन सकरिहेको छैन । उनीहरुको आत्माले हामीलाई धिक्कार्छ ।
शहीद दिवस प्रत्येक वर्ष आउँछ र जान्छ पनि सबैभन्दा ठूलो कुरा त दशरथ चन्दहरुले गरेको बलिदानलाई भाषण, गोष्ठी, माल्यार्पण अर्थात औपचारिक कार्यक्रमहरुमा सिमित नराखेर देशमा बढ्दै गएको भ्ष्टाचार र आतङ्कका विरुद्ध प्रत्येक नेपालीले सजग हुनुपरेको छ यसो गर्दा मात्र शहीदहरु प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । प्रत्येक नेपाली शहीदहरुले गरेको बलिदान र हामीले पाएको स्वतन्त्रता प्रति बेलामै होसियारीपूर्वक सचेत र सजग हुने समय आइसकेको छ । सबै मिली शहीदहरुको सपना साकार पार्न नितान्त आवश्यक भइसकेको छ ।
शहीदहरुको केही जानकारीमा-प्रथम शहीद, नेपाल सरकारको २०७२ असोज ३ गतेको मन्त्री परिषद बैठकले गोर्खाको बुङ्गकोटका लखन थापा मगरलाई औपचारिक रुपमा प्रथम शहीद घोषणा गरेको हो -यो ढिलो घोषणाको कारण के ? पल्टनका लाहुरे थापालाई जङ्ग बहादुर राणा विरुद्ध प्रचारबाजी गरेको आरोपमा वि.सं. १९३३ फाल्गुन २ गतेमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुण्ड्याइएर मारिएको इतिहास उल्लेख छ ।
दशरथ चन्द
जन्म: १७ असार १९६०
पिता: वडाहाकिम शेर बहादुर चन्द
जन्मस्थल: वैतडीको दशरथ चन्द नगरपालिका-५ वस्कोट (हाल २०७६ देखि जन्मघरलाई पाहुना घर बनाएको)
शिक्षा: वनारस, भारत
संस्था: नेपाल प्रजापरिषद संस्थापक
सजाय: २५ माघ १९९७ मा माघ १६ गते (कान्तिपुर ११ माघ २०७६ अनुसार) विष्णुमतिमा गोली हानी हत्या
नरशम्शेरले माफी माग भन्दा ‘माफी त चन्द्रशम्शेरले जनतासँग माग्नु पर्छ’ भन्नुभएको ।
वि.सं. १९९० देखि राणाहरुको विरुद्ध सक्रिय आन्दोलनमा होमिनु भएका वीर शहीद दशरथ चन्दको जन्म वि.सं. १९६० मा वैतडी जिल्लाको बस्कोट भन्ने ठाउँमा भएको थियो । शेरबहादुर चन्दका सुपुत्र दशरथ चन्दले वि.सं. १९९३ मा प्रजापरिषद नामक पार्टीका स्थापना आफ्ना अरु सहपाठीहरुसँग मिलेर गएका थिए । उनलाई पनि वि.सं. १९९७ साल माघ १४ गतेकै मध्य रातमा शोभाभगवती मै गोली हानी मृत्युदण्ड दिइएको थियो र उनलाई मृत्युदण्ड दिनुभन्दा अगाडि भारदारसँग माफी माग्छस् भन्दा आगोको फिलिङ्गो हुँदै प्रत्युत्तरमा भनेका थिए माफि त जुद्धशम्शेरले जनतासँग माग्नु पर्छ भन्ने वाक्य पूरा नहुँदै उनलाई मृत्युदण्ड दिइयो ।
शुक्रराज शास्त्री
(ज्यापु जातको देन थियो)
जन्म: १९५९ ललितपुरका बकुबहाल, जोशी खलकका
माता: रत्न कुमारी
पिता: माधवराज जोशी
(बुवाको भावना- फाँसीको बेला गेरुवा वस्त्र लगाएका ८२ वर्षिय माधवराज जोशीले भनेः छोरा देशका सपुत रहेछौ, तिमी ज्यान दिएर नेपाल धर्ती माताको सेवा गर्यौ)
शिक्षा: गुरुकुल देहरादुन । रचनाकारः शहिद शुक्रराज शास्त्रीको रचनामा समभवतः नेपालको प्रथम नारी प्रधान गीत गायिका मेलवा देवी गुरुङ्गले गएको –न घरलाई घर कहिन्छ… ।
संस्था नेपाल नागरिक अधिकार समितिका संस्थापक एवं नेपाल प्रजापरिषदका सदस्य १३ मंसिर १९९५ मा काठमाण्डौको इन्द्रचोकमा राणा शासन विरोधी पहिलो आमसभा गरेको
सजायँ: ६ माघ १९९७ मा दिउँसो १०–११ बजे सर्वस्वहरणसहित फाँसीको सजायँ । राणाकालीन जुद्धशम्शेरको गुरु हेमराज र पंडित सोमनाथले मनुस्मृतिका धार्मिक स्लोक वाचन गर्दै “राजद्रोही ब्राम्हण नै किन न होस्, उसलाई मृत्युदण्ड दिन सकिन्छ सरकार” भन्ने राय राखे ।
त्यसभन्दा पहिले २ वर्ष २ महिना जेल सजायँ ।
फाँसी: १० माघ १९९७ मा वागमतीमा नुहाएर धोती लगाई गीता पाठ गरी टेकु पचलीमा आफैं घाँटीमा फाँसी लगाएर मृत्युवरण । वहाँको भाई वाक् पतिराजलाई जबर्जस्ती लाश जिम्मा लगाइयो । शुक्रराज शास्त्रीका भाई रामजी जोशीले इनामको प्रलोभनमा नै राणा सरकारलाई पोल खोलिदिए ।
वाणी: ‘मर्नु फेरि जन्मनु हो’ । वहाँले भनेको म मर्दिनँ, मेरो आत्मा अमर रहनेछ । यो नश्वर देह मातृभूमिका चरणमा अरपण गर्न पाउनु मेरो ठुलो सौभाग्य हो ।
धर्मभक्त माथेमा
जन्म: ६ असोज १९६६
श्रीमति: उत्तरादेवी (मृत्यू संवत १९९६) र छोरी रेणू देवी ३ वर्षका थियो ।
पिता: आदिभक्त माथेमा
माता: इन्द्र कुमारी देवी
शिक्षा: भारत
पेसा: श्री ५ त्रिभुवनको व्यायाम शिक्षक
प्रभावित: भारतको स्वतन्त्रता संग्राम
संस्था: नेपाल प्रजापरिषदको संस्थापक सदस्य
सजायँ: १३ माघ १९९७ मा सिफलको बकैनाको रुखमा भुन्ड्याएर मृत्युदण्ड । त्यसभन्दा पहिले चार महिना जेल सजायँ ।
२३ वर्षिय वहाँको छोरी रेणुको विचारः सहिद चिन्ने–चिनाउने कुरामा कसलाई शहिद भन्ने ? किन भन्ने ? भन्ने तहमा आफु पुगेको गाडीले कुल्चेर मरे पनि शहिद, झ्यालमा घाम तापेर बसिरहेको बेला गोली लागेन मरे पनि शहिदै ? शहिद ज्ञात–अज्ञात कति हो कति, वहाँलाई लाग्छ –तानाशाही शासन शैली विरुद्ध देश र जनताका नाममा हाँसी हाँसी फाँसीमा चढ्न तैयार धर्मभक्तको इतिहासको आजको अर्थ रहयो त ? धर्मभक्त, शुक्रराज शहिदहरु कि–को शहिद ? चार शहिदको इतिहास समेत भुलेर शहिदगेट भत्काउने सम्मको राजनितिक प्रयास भएको सुनेर उनी अचम्ममा परेकी रहिछन् । भनाई, राज्य पद्धतीमा माथि बस्नेलाई सुख होला तर आम जनता लाई दुःखै छ । किन लडेका थिए भनेर अझै बुझ्न बुझाउन न सकिएको बताउँछिन् ।
धर्मभक्त माथेमा को जम्म ओमबहाल, काठमाडौं महानगर २३ स्थित नः वही टोलमा भएको थियो र हाल २०७६ माघमा यो ठाउँ एउटा ऐतिहासिक स्थलको रुपमा चिनिन्छ । यसै ठाउँमा सहिद धर्मभक्त माथेमा पार्क बनेको र शहिद माथेमा को पुर्णकदको सालिक बनेको छ । यो प्रथम ऐतिहासिक पार्क करिब ५० लाखको लागतमा बनाइएको हो । यसबाट सरकारले गरेको नयाँ सोचाईले जनतामा नयाँ उत्साह र भावनाको प्रेरणा देश प्रति थप सहयोग पुर्याउन्छ ।
गंगालाल श्रेष्ठ
जन्म: १९७५ फागुपूर्णिमा
पिता: भक्तलाल श्रेष्ठ
माता: तुलादेवी
पत्नी: हसिना देवी श्रेष्ठ (हाल नयाँबजार काठमाण्डौमा छोरासँग)
शिक्षा: दरवार हाइस्कुलबाट प्रथम श्रेणीमा एस.एल.सी. गरी त्रीचन्द्र कालेजमा अध्ययनरत, (भारतमा अध्ययन गर्न जानुभएको सुनिन्छ) ।
संस्था: नेपाल प्रजा परिषदको सदस्य (वि.सं. १९९३ जेठ २० गते नेपाल प्रजा परिषदको स्थापना)
सजाय: १५ माघ १९९७ मा विष्णुमतिमा गोली हानी हत्या (कान्तिपुरको माघ ११ गतेको लेखमा माघ १६ गते लेखिएको छ) ।
शहीदसँग सम्बन्धित नेपालमा शहीद दिवस माघ १६ गते मनाइन्छ । शहिद सप्ताह बलिदानको स्मरण स्वरुप राज्यले शहिद दिवस १० देखि १६ माघ सम्म शहिद सप्ताह मनाउने गरेको छ । यो सम्झना वि.सं. २०१२ देखि शहीद दिवस मनाउन थालियो । अहिले नेपालमा गणतन्त्र पछि विभिन्न आन्दोलनहरुमा मृत्यू भएका कैयौं मृतकलाई सरकारले शहीद घोषणा गर्दै आएका छन् त्यसमध्ये दुर्गानन्द झालाई शहीद घोषणा उनको मृत्युको ५२ वर्ष पछि मात्रै एमाले अध्यक्ष के.पी. शर्मा ओली नेतृत्वको सरकारले झालाई नेपालको शहीद घोषणा गरेको हो ।
अहिलेको सरकारको निर्णयमा प्रत्येक शहिदलाई १० लाखका दरले क्षतिपुर्ती दिई रहेको छ । साथै, त्यस बाहेक उनीहरुका परिवारले मासिक भत्ता ६ हजार २ सय र शहिद सन्तानलाई शुरु देखि विश्व विध्यालय स्तर सम्म अध्ययनका लागि भत्ता (प्रा.वि., निमावि, मा.वि., अञ्चल मा.वि.) दिने निर्णय गरिएको छ ।
यो निर्णय शहिद घोषणा हुँदो साथै वहाँहरको परिवार वा आफन्तले पाउने निश्चित गरिएको छ । शहिद घोषणा राजनीतिकरण गरिएको देखिन्छ र त्यसमा कार्यकर्ता देखि अपराधीसम्मले पनि हाल नेपाल सरकार सूचिबाट हट्न सकेको छैन । अहिले यो देशमा सहिदै–सहिदै को बढोत्तरी भई रहेको छ र वास्तवमा मुल्याकंन अनुसार पाउने शहिदहरु सूचिमा आउन सकेको छैन ।
यो मात्र होइन साथै विडम्बना, २०७४ पुस २८ मा तत्कालिन मंत्री सुनिल कुमार थापाको प्रस्तावमा मन्त्री परिषदले २०३६ कार्तिक २९ मा खोकु-धनकुटाको छिताङ्गमा मारिएको १६ जनालाई शहिद घोषणा गरियो र प्रदेश १ सरकारले चालिस वर्ष पछि प्रति परिवार पाँच लाखको दरले राहत उपलब्ध गराएको छ । यो विचित्रता – नेकपा मालेका भूमिगत कार्यकर्तालाई प्रधानमन्त्री सूर्य बहादुर थापाको निर्देशनमा सुरक्षा कर्मीले गोली हानी मारेको लाग्दै आएको आरोपमा आफ्नै बाबुको आदेशमा मारिएका मानिएको १६ जनालाई छोराको प्रस्तावमा सरकारले शहिद घोषणा गर्यो ।
शहिदबारे मापदण्डको लागि गठन गरिएको उच्च स्तरिय कार्यदल पनि २०६६-६७ मा पहिलो वृहत गठन कमिटिको संयोजक एमाले नेता मोदनाथ प्राश्रित बनाएको र अर्को पटक बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नवराज सुवेदीलाई संयोजक बनाई कमिटि गठन गरेको हो । तर दुईटा नै कमिटिको रिजल्ट शुन्य रहेको देखिन्छ । न त राज्यले शहिदको परिभाषा निश्चित गरेको छ - न सङ्ख्या नै यकिन ।
शहिद घोषणामा गिरिजा सरकारले करिब २६ जनालाई शहिद घोषणा गर्न लगाए । प्रचण्ड सरकारले करिब २००० भन्दा बढीका शहिद घोषणा गर्न लगाए । माधव नेपालको सरकारले पनि करिब १६२६ लाई शहिद घोषणा गर्न लगाए ।
दुर्गानन्द झा
माता-पिता: श्रमिती सुकुमारी देवी र देवनारायाण झाका एक्ला सन्तान ।
दुर्गानन्द झाको जन्म वि.सं. १९९९ वैशाख १४ मा धनुषाको जटही गा.वि.स. मा भएको थियो ।
२०१७ साल पुस १ मा वि.पि. कोइराला नेतृत्वको जननिर्वाचित सरकालाई तत्कालिन राजा महेन्द्रले अपदस्थ गरी प्रत्यक्ष शासन गर्न थाले र त्यसैकारण राजाको विरुद्धमा काँग्रेसले शसस्त्र संघर्ष थाल्यो । राजतन्त्र सिध्याएर गणतन्त्र स्थापना गर्ने उदेश्यको क्रममा जिम्मेवारी बोकेका काग्रेंसका युवा दुर्गानन्द झाले राजा महेन्द्र वीर विक्रम शाह देव माथि २०१८ माघ ९ मा जनकपुरको जानकी मन्दिर दर्शन गर्न गएका बेला ग्रिनेड प्रहार गरे तर त्यो ग्रिनेड पड्किएन र राजा जोगिए । बमले राजा चढेको गाडीको केही भाग क्षतिग्रस्त भएपनि (पछाडीको सिसा मात्र फुट्यो) राजा महेन्द्रलाई केही भएन । घट्नाको २ वर्ष पछि झालाई अदालती आदेश अनुसार २०२० पुस १० मा फाँसीको सजाय भयो । त्यसबेला वहाँ २२ वर्षको हुनुहुन्थ्यो । अदालती कारवाही २०२० पुस १० मा अदालती आदेशानुसार फाँसीको सजाय २०२० माघ १५ गते मध्य रातमा पुरा भयो (तर राजेश गौतमको -नेपालको संवैधानिक ईतिहासमा १५ गते नभई २५ गते लेखेको पाईन्छ) । प्रथम पटक राज्यले मुलुकी ऐन शंशोधन गरेर पहिलो पटक ब्राम्हण जातिलाई मृत्यूदण्ड दिएको थियो । ज्ञातब्य छ, ब्राम्हण भएका कारण त्यस अघि रामहरि शर्मा र टंक प्रसाद आचार्य मृत्युदण्डबाट जोगिनु भएको थियो ।
शहिद के ? -अन्याय, अत्याचार विरुद्ध लड्ने सहीद राष्ट्र र जनताको सेवा गर्न ज्यानको बाजी लगाएर संघर्ष गर्ने, प्राण आहुति दिने बीर विराङ्गनाहरुलाई ‘शहीद’ भनिन्छ । ‘शहीद’ शब्द फारसी भाषाबाट आएको शब्द हो । जसको अर्थ धर्मयुद्धमा मर्नु भन्ने हुन्छ । ल्याटिन भाषाको मार्टियर अर्थात “वीरगती प्राप्त गर्नु” बाट पनि यो शब्द आएको हो । राणा शासनको इतिहासमा नेपालका लडाकु जंग बहादुर कुँवर, बेलायती संस्कार अनुयायी पहिलो राणा प्रधानमन्त्रीको समयमा जनताको सुख सुविधाबाट बञ्चित गरी र दास स्वरुप शासन गरेको र त्यस विरुद्ध आवाज उठाएकोमा तत्कालिन राणा शासकले शुरुवात नै शहीदहरुको वा शहीद दिवसको याद गराउँछ । त्यो स्मृतलिाई जीवनत् बनाई राख्ने टुडिखेलको दक्षिणमा शहीदगेटको स्थापाना गरिएको छ ।
अहिले वि.सं. २०७५ सम्म नेपालमा धरै शहीद धोषित भइसके पनि हाल ती चार महान शहीदको प्रेरणा नै सम्झिन सकिन्छ । शहीद कसलाई मानिने बर्गीकरणमा यो सरकारको निर्णय, समय परिवर्तन साथै समयानुकुल जनताको चाहना र देश सेवा वापत मानिसले विभिन्न रुपमा जीवन गुमाएकोलाई नै शहीद मानिने गरेको पाइन्छ । नेपालमा २००७ साल र २०१७ सालको क्रान्ति तिनै महान् चार शहीदहरुको देन हो । २०४६ माघ ५,६,७ गते तीन दिनसम्म काठामाण्डौमा नेपाली काँग्रेस र बाममोर्चाको प्रजातन्त्र प्रतिको कटिबद्धतालाई प्रष्ट पार्दै सर्वोच्च कमाण्डर वीर गणेशमान सिंहको क्षेत्रपाटी निवासमा नेपाली काँग्रेसको ऐतिहासिक सम्मेलनमा भारतका बरिष्ठ नेताहरु चन्द्रशेखर, डा. सुब्रण्यम, स्वामी हरिकिसन सिंह, सुरजीत, डा. फारुधी र एम जे अकबरको सहमागिता र त्यस पछिको नेपालमा आन्दोलन पनि महान चार शहीदको प्रेरणा र समयको माग मानिएको छ ।
यस्तै शहिद संग २०१२ जुनमा प्रकाशित सर्वोच्च अदालतका न्यायाधिश रण बहादुर बमको हत्या मै ३१, २०१२ (वि.स. २०६९, ०२, १८) मा भएता, भन्दा पनि सरकारले हतास र हतारोमा बमलाई शहिद घोषणा गरेकामा, उनको हत्या हुने कारण खुलिनसकेको र उनी माथि लगाइएको महा अभियोगको निक्र्योल भइनसकेको अवस्थामा उनलाई शहिद कसरी घोषणा गर्न सकिन्छ ? कुनै साहसिक कार्य गर्दा वा नजीर स्थापित हुने उदाहरणीय फैसला सुनाएका कारणले उनको हत्या भएको त कुनै कोणबाट पनि देखिन्न । जुनसुकै दबाबमा भएपनि सरकारले मुलुकका लागि ज्यान गुमाउने वास्तविक शहिदहरुकै अपमान हुने खालका यस्ता हास्यास्पद निर्णय गर्नु हुन्न । त्यस्तो भएमा जनकपुर रेलवेका महाप्रबन्धक सुरेश यादव, जमीन शाह र फौजान अहमद अन्सारीलाई पनि सरकारले शहिद घोषणा गर्नु पर्यो, वा वास्तविक मूल्यांकन गरी मात्रै घोषणा गर्नुपर्ने विचारणीय देखिन्छ । शहिदहरु को घोषणा राजनीतीकरण होईन ? माघ २०४७ मा पनि ज्यान गुमाएको तर वहाँलाई शहिद घोषणा नगरेको ईतिहास छ ।
२०५२ सालदेखि माओवादीले गरेको सशस्त्र जनयुद्धमा सहादत प्राप्त सयौ शहीदको स्मारक विभिन्न जिल्लामा बनाइएका छन् साथै २०६२।२०६३ सालको आन्दोलन समेत स्मरणीय छ । देश र जनताको लागि स्वाभिमानपूर्वक लड्ने तथा क्रुर शासक विरुद्ध नडगमगाइकन आहुति दिने शहीदको स्मृतिमा कलाकारले रचना गर्ने कलाको समाजमा विशिष्ट महत्व रहन्छ ।
कलाले ती महान व्यक्तित्वको त्याग र समर्पणलाई सँधै ताजा बनाई राख्न मद्दत गर्छ भने स्मृतीलाई अजर, अमर बनाउन सहयोग समेत गर्छ । नेपालमा विशेषगरी कला मार्फत कलाकारले उनीहरुको व्यक्तित्व झल्काउने चित्र, मूर्ति तथा स्मारकीय कला बनाएको देखिन्छ ।
फेरि अन्तमा, शहीद देशको लागि उज्यालोबाटो देखाउने हो तर वहाँहरुको मनको भावना, विचार र मष्तिष्कमा समावेश भएको उच्च अध्ययनको कदर नगरिएको मा कलाकारको भावना कुण्ठित भएको देखिन्छ ।
जन्माउने आमा, बुबा वा वहाँहरुको कृति, कुनबेला, कुन भावना लिइ मष्तिष्कलाई केन्द्रित गरी बच्चा जन्माई, हुर्काई भोगाइने संस्कार दिनुभएको कदरमा पनि दृष्टिकोण पुग्नुपर्ने हाम्रो न्यायमूर्तिको उचित व्यवहार देख्नुपर्ने हो । संरक्षण सम्बन्धमा शहीदहरुको मूर्ति राख्ने ठाउँ नै यस धरतीमा भविष्यमा नपाउने हो कि ? किन कि राणाहरु वा मल्ल कालिन राजाहरुले पनि आफूले गरेको काम र सेवाको मूल्याङ्कन स्वरुप वीरहरुको सालिकको हाल ठाऊँ नपाएर टुडिखेलको कुना कुनामा ओझेलमा पाई रहेको छ । यति मात्र होइन, सबभन्दा प्रिय, पूजनीय प्रेमका प्रतीक जनतालाई शान्ति दिने देवी देवताको मूर्ति वा सालिक पनि विभिन्न रुपमा धर्ती मुनीबाट वा बाहिर पाइरहेको छ । वहाँहरुको मूर्ति पुरातन कालदेखि चलिआएको र भगवान रुपमा पूजि रहकोमा हालको सबै शहीद वा सालिक वहाँहरुको कार्यलाई देश प्रतिको देनलाई पनि हामी भगवान सम्झी प्रार्थना गर्नु उचित कल्याणकारी सम्झने गर्नु पर्ने हो कि होइन ?
शहिद राजनीति सँग नै सम्बन्धित वी.पी. (B. P. Koirala) लाई सरकारी खर्चमा ईलाज का लागि अमेरिका पठाउन हुकम दिए र २०३४ सालमा वी.पी. अमेरिका गए । त्यति बेला पञ्चायती सत्ता थिए र मान्छे मार्ने प्रवृतिको रोचक प्रसंग पनि छ । राजा माथि बम आक्रमण गर्न खोजेको आरोपमा पुस २०३१ सालमा पक्राउ परेका क्याप्टन यज्ञ बहादुर थापा र भिम नारायण श्रेष्ठलाई फाँसी दिने निर्णय गरिएको थियो । उनीहरुलाई पोखरामा रहेका राजासँग भेट्न लैजाने भनि झुक्याइएछ र २४ माघ २०३५ मा हेटौंडा बजार राजमार्ग देखि दायाँ तर्फको जंगल भित्र लगी रुखमा बाँधेर गोली हानी हत्या गरिएछ ।
हामी शहिदहरुको चर्चा त गरि रहेको तर शहिद गेट बनाउने इंजिनियर र गेट बनाउन को उद्गार र यादगार दिनेमा राजा श्री ५ महेन्द्र सँगै रानी रत्नाका भावनाको कदर गरी इंजिनियर शंकरनाथ रिमाललाई भूल्न सक्दैन । इंजिनियर शंकरनाथ रिमालको हजुरबुबा सरदार दरवारको कविराज शिवनाथ रिमाल हुनुहुन्थ्यो । इंजिनियरसँग राजा महेन्द्रले आफ्नो अफिस राजदरबार भित्रको तीन नम्बर बंगलामा बुलाई फरक–फरक नौ किसिमका नक्सा मध्ये एउटा नक्सा २०१५-२०१६ सालको नक्सा मध्ये एउटा स्वीकृत गरि करिब डेढ लाखको बजेट छुट्याई अरुण शंशेर राणाको अध्यक्षतामा योजना पुरा गर्न लगाउनु भयो । शहिदहरु भन्दा माथि राजाको स्तम्भ राखिएको मा पनि उपयुक्त देखिएको कारण शहिद भन्दा राजा नै माथि थिए । किनभने, प्रजातन्त्र ल्याउन राजा त्रिभुवनको ज्यादा ठूलो देन मानिन्थ्यो ।
त्यस स्तम्भको नाम शहिद गेट मानिसहरुको चर्चामा हो तर खसमा यसको नाम नेपाल स्मारक हो । त्यसबेला त्यहि नाममा त्यसको स्थापना गरिएको थियो । र २०१८ बैशाख १ गते त्यसको उद्घाटन हुँदा पनि राजा महेन्द्रले सोही नाममा उद्घाटन गरेका थिए । करिब २३ फिट उँचाई प्यागोडा शैलीमा निर्माण गर्न पाएको त्यसको विचार (Concept), वहाँको शब्दमा इंजिनियर शंकर रिमालले न लुकाई व्यक्त गरेको कुरा वहाँले भक्तपुरको गोल्डेन गेटबाट पाएको थियो । शंकर रिमाल कलकत्ता विश्व विध्यालयको बंगाल इंजिनियरिंग कलेजबाट वी.ई. गरेका थिए ।
अंतमा शहिदवा देशको लागि कार्य गरिने वा मरिमेट्नेहरुको नाम सधैं जनताको आँखामा रहिरहन्छ । चाहे त्यो अँधो होस् वा लंगडो, छन् त विद्वान, ज्ञानी, दधिची मुनी जस्तो दानी नै । आफ्नो बुझे सम्झे, नेपाल बाँच्न भए मात्र हामी नेपालीको अस्तित्व रहने छ । जस्तो भए पनि हामी एकै बुवाको सन्तान, प्रेममा लिप्त भई जीवनलाई सार्थक बनाउन तिर लाग्नु हाम्रो कर्तव्य र धरतीमा जन्मको उपहार हो । एउटा आमाले सबैको चाहना पुरा गर्छ तर सबैले एउटा धरती, देश, आमाको चाहनामा आफ्नो कर्तव्य भूल्ने गरिन्छ ।
शहिदको योगदान र सम्मानमा के उचित ? के अनुचित ? फैसला गर्ने को ? यो सबै समय को देन हो ।
सबैको चाहना र बुझाइ तलको कवितावाट, तर वहाँहरुको मनको भावना, विचार आउने दिमागको सोचाई्-बनावट अध्ययन न गरिएको पाइएको छ ।
इतिहासका पानामा
भरिएको देश नेपाल
वीर शहिदले दिएको जान बलिदान
गरिएको देश नेपाल
कसले भन्छ मान्छे यहाँ
पसीना बगाउने लाई
श्रम गरि दुःख गरि
देशलाई सँघाउनेलाई
ढुँगाको काप फोरेर पनि, उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कैल्यै, हुँदैन विफल
हे ईश्वर, फेरि फर्की ल्याउ
ऐ वीर शहिद बेहाल भयो,
तिम्रै रगतले सञ्चेको देश