Edit
नेपालको क्षेत्रफल विभिन्न पुस्तक र पत्र पत्रिकाबाट प्राप्त जानकारी अनुसार १४७१८१ वर्ग किलोमिटर (५६८२७ वर्ग माइल ) तथा पुर्व पश्चिम लम्बाई ८८५ किलोमिटर तथा उत्तर दक्षिण चौडाई औसत १९३ किलोमिटर रहेको छ ।
यसको क्षेत्रफलबारे नेपालको आलोचनात्मक इतिहासमा लेखे अनुसार १४१५७६.५ वर्ग किलोमिटर (५४६६३ वर्ग माइल ) रहेको छ । उक्त पुस्तकमा वि.सं. २००१, २०११ सालको सर्वेको आधारमा नेपाल अधिराज्यको क्षेत्रफल ५४३६२ वर्गमाइल छ, तर वि.सवत् २०२१ मा नेपाल-चीन सीमाना सन्धीमा श्री ५ महाराजाधिराज महेन्द्रको महावाणी “यस उत्तरी सीमा सन्धिले हाम्रो नेपाल अधिराज्यलाई करीब ३०० वर्ग मील भूमीको लाभ भएको छ ।”
व्यक्त भएकाले अब नेपालको क्षेत्रफल ५४६६३ वर्ग माइल भएको छ ।
From a book: The Physical Development Plan for the Kathmandu valley, published by HM Government of Nepal, Kathmandu, June 1969 (jestha-2026). According to this,
The kingdom of Nepal is roughly the shape of a rectangle 800kilometres long and 170 kilometers wide. It extends along the Himalaya between longitudes 80 degrees and 83 degrees East and latitudes 26 degrees and 30 degrees North, with an area of 136,307 Square kilometers
हालको क्षेत्रफल १४७१८१ भनिएको पनि संघिय मामिला तथा स्थानिय विकास मंत्रालयको तथ्याङकमा (१४ असोज २०७५ को अन्नपूर्ण पोष्ट अनुसार) १३७१६२.३५ वर्ग किलोमिटर मात्र पाइएको छ ।
According to my study, these are the mentioned areas of Nepal in different books.
- 1, 47, 181 sq. km, or
- 1, 41, 576.5 sq. km, or
- 1, 36, 307 sq. km
नेपाल परिचय
करोडौ वर्ष अगाडी सातैवटा प्रदेश एकीकृत रुपमा “पञ्जिया” अवस्थामा रहेको अहिले सात महादेशहरु बनेको भनिएका छन् ।
प्राचीन कालमा उत्तरमा साइबेरिया र दक्षिणमा गण्डबाना महाभूमिको बीचमा हिमाल पर्वत थियो । यो प्रकृतिको इतिहास बताउछ, यस हिमालको काँखमा रहेको एउटा उपत्यकालाई “नेपालय” नामाकरण भएको र यो उपत्यका पानीले भरिएको ठाउँ थियो । उपत्यकामा भरिएको पानी बाहिर बगाउनेको थरी–थरीको विचार पाईन्छ, जुन हालको काठमाडौं छ । यसको पुरानो नाम “कोलीग्राम” पनि भनिन्छ । नेपाल भनेको काठमाडौं नै त्यस बेला नेपाल थियो र पछि वि.स. १८२९ मा राजधानीको घोषणा गरियो । नेपाल सम्बन्धित पृथ्वीको उत्तरी गोलाद्र्धमा नेपाल एशियाको दक्षिणी भू–भागमा अवस्थित छ । २६.४८ डिग्री देखि २९.८४ डिग्री उत्तरी आक्षंश (latitude) देखि ८०.३३ डिग्री देखि ८८.०९ डिग्री पूर्वी देशान्तर (longitude) सम्म नेपाल फैलिएको छ । नेपालको क्षेत्रफल १४७१८१ वर्ग कि.मी. (५६८२७ वर्ग माइल) तथा पूर्व–पश्चिम लम्बाई ८८५ कि.मि. तथा उत्तर–दक्षिण चौडाई औसत १९३ कि.मि. रहेको छ (नेपालको क्षेत्रफल १४७१८१ वर्ग कि.मी. भनिएपनि नेपालको संघिय मामिला तथा स्थानीय विकास मंत्रालयको तथ्याङ्कमा -१४ असोज २०७५ को अन्नपुर्ण पोष्ट अनुसार- १३७१६२.३५ वर्ग कि.मी. मात्र पाईएको छ :- कहाँ हरायो १००१८.९६५ वर्ग कि.मी. क्षेत्रफल?) । नेपाल पूर्व–पश्चिम तथा दक्षिण भारतका सिकिम, बंगाल, उत्तर प्रदेश, उत्तराञ्चल, बिहार रहेको छ, भने उत्तरमा हाम्रो पन्द्र हिमाली जिल्ला ताप्लेजुङ देखि दार्चुला सम्मको क्षेत्र तिब्बत सँग जोडिएको छ । नेपालको भूगोल समुद्री सतह ५८ मिटर देखि विश्व कै सर्वौच्च स्थान सगरमाथा ८८४८ मिटर उचाइ सम्म फैलिएर रहेको छ ।
नेपालको प्राचीन इतिहासमा यो स्थल नेपालमा व्यास ऋषि–तनहुँ क्षेत्र, गण्डक ऋषि गण्डकी क्षेत्र, कौशक ऋषि–कोशी क्षेत्र, गौतम ऋषि थानकोट क्षेत्र, श्रृङ्गि ऋषि–गुल्मी क्षेत्र, याज्ञबल्क्य ऋषि सिन्धुली क्षेत्र, जनक ऋषि–जनकपुरधाम, कपिल ऋषि कपिलवस्तु क्षेत्र, महाकवि बाल्मिकी ऋषि बाल्मिकी नगर, वशिष्ट ऋषि देवघाट क्षेत्रमा, ऋषि–मुनिहरुको तपस्या गर्ने ठाउँ थियो ।
थरी–थरीका भिक्षुहरुको नेपाल आगमन भयो । यिनै भिक्षुहरु मध्येका शान्ति श्री भिक्षुका छोरा शक्तिदेवले राज्यको निर्माण गरि राजा बने र पछि गोपालवंशी, अमीरवंशी, किरातवंशी, सोमवंशी, लिच्छवीहरु साथै गुप्तवंशीहरु सम्मले ११ औं शताब्दि सम्म राज्य गरे पछि विक्रम संवत ५२१ मा मानदेवको राज्य र कैलाशकुट ऐतिहासिक भवनको इतिहास पाए र पछि–पछि पालवंशी, मल्लवंशी, राणा कालहरु साथै शाहवंशी शुरुका प्रथम राजा पृथ्वीनारायण शाह बनेको पाइन्छ । उनै छोरा प्रताप सिंह शाह राजा भए जुन बढी भोग–विलास तिर लागेको थियो र उहाँ मात्रै दुई वर्ष शासन गरि मृत्युको प्राप्ति वि.सं. १८३४ मा गरियो । त्यसपछि वहाँको छोरा रण बहादुर शाहलाई २ वर्ष ६ महिनाको उमेरमा राजा बनाइयो । वहाँ पनि निर्गुनानन्द स्वामी भई वि.सं. १८५४ मा ४० महिनाका गिवार्ण युद्ध विक्रम शाह लाई राजगद्दीमा राखि तपस्या गर्न तिर लागेको थियो । राजपरिवारमा गद्दी खाली नराख्ने उद्देश्य र परिपाटीले सानो उमेरमा नै राजगद्दीमा राखि सहयोगीहरुबाट राज–काज चलाउने चलन थियो । यो चलन र परिपाटी शाहवंश सम्म पनि देखिएको छ । राजा ज्ञानेन्द्र वीर वीक्रम शाह देव पनि ४ वर्षको उमेरमा कार्तिक २३ गते २००७ सालमा नेपालको राजगद्दीमा आरोहण गराईएको थियो । गद्दी खाली नराख्नेको रिवाजमा राजा दिपेनद्र वीर विक्रम शाह देवले पनि ५४ घण्टा शासन चलाउनेका राजा थिए । अर्को ईतिहास पनि छ, काठमाडौंका मल्ल राजाहरु मध्ये सबै भन्दा कम समय राज्य गर्ने मल्ल राजा -राजा चक्रवर्ति मल्ल हुन । उनले ४ दिन मात्रै शासन गरेका थिए ।
२००७ साल पछि राजा त्रिभुवनको भारतबाट फर्किए पछि राजनीतिक बदलावहरु आयो र त्यसबेला नेपाली कांग्रेसको हावी थियो । कांग्रेसले राजनीतिक शुरुवात र कलंक दुबै पाए । नेपालमा नेताहरुको सोच अकुत सम्पत्ति कमाउने गुण्डाहरु पाल्ने र निर्वाचनमा आफ्नो प्रभुत्व जमाउने काम बढी भएको देखिन्छ । अहिलेको नेपालको राजनीतिक स्थिति भविष्यको दृष्टिकोण हुनेछ, सोचनीय कुरा हो । दुरगामी सोचमा हाम्रो कमी पाउएको छ । चीनको एउटा भनाई छ :- मानिसले १ वर्ष पछिको सोच राख्ने हो भने धान रोप्नु पर्छ । १० वर्ष पछिको विचार गरेर रुख रोप्नु पर्छ । १०० वर्षको दृष्टिकोण राख्ने हो भने जनतालाई शिक्षित तुल्याउनु पर्छ ।
सगरमाथा
अब यसै अन्तर्गत नेपालको अस्तित्वमा रहेका सगरमाथा जसको उत्पत्ति ६ करोड वर्ष अघि भएको अनुमान छ, जुन हाम्रो गौरव हो, तिर सम्झन सगरमाथा के हो र कस्तो छ ? सोच्न अति आवश्यक छ । यसले विभिन्न नामले परिचय पाएको, जस्तो शुरुमा माउन्ट ऐभरेस्ट, पछि नेपालले संसारमा परिचित गराएको सगरमाथा, झोमोलोङमा नाम चिनियाँ पक्षको तर्क, Chomolongma पुरानो नाम तिब्बतीयन / शेर्पा भाषामा प्रचलित र मिति-गुती-चापु-लोङमा नाम पनि तिब्बतीयनमा भनिन्छ । नेपालमा सगरमाथा हाम्रो गौरव हो । सगरमाथा–हिमालय विश्व शान्तिको प्रतिक हो । पृथ्वीको सर्वोच्च विन्दु सगरमाथा ७ मिटर फराकिलो भएको चुचुरो हो । यो विश्वको छानो हो । नेपालीको गौरव हो । यसलाई आस्थाको धरोहर भनिन्छ । हाल सम्म यसको उचाई ८८४८ मिटर रहेको कायम छ । यो हिमाल पर्वत श्रृंखलाको नेपाल र तिब्बतको सिमानामा अवस्थित छ । यसको आरोहण दक्षिण तर्फको नेपालको सोलुखुम्बुवाट र उत्तर तर्फ तिब्बती मोहराबाट मात्रै गर्न सकिन्छ । यो नेपालको दामन, फूलचोकी जस्ता काठमाडौं वरपर कै अगला भ्यू पोवाइन्टहरुबाट, काठमाडौं विराटनगर उड्ने विमानबाट वा महेन्द्र राजमार्गका पूर्वी खण्डका केही स्थानबाट पनि देख्न सकिन्छ । सगरमाथाको चुचुरोको सानो भाग कालो त्रिकोण जस्ता देखिन्छ । बाँकी अघिपट्टीका हिमालले पुरै छोपिएका हुन्छन् ।
सगरमाथाको बनोट- यसको चुचुरो हिमालय पर्वत शृंखलाको मध्य भागमा पर्छ । नेपाल-चीनको सीमारेखा पानी ढलेको सिद्धान्त अनुसार चुचुरोको करीब मध्य भागमा पर्छ । सगरमाथाको चुचुरोबारे हाम्रो आरोहण गर्नेहरुमा काजी शेर्पाको भनाईमा -सगरमाथाको चुचुरो तीन तिरबाट आएको धारको मिलन भएर बनेको छ । यी मध्ये सिमानामा पर्ने धार पश्चिम तिर लागेको छ भने दोश्रो उत्तर तिर खसेको छ, जुन पुर्ण रुपमा तिब्बतमा पर्छ । तेश्रो धार दक्षिण तर्फ वा नेपाल तर्फ बगेको छ । पश्चिम तर्फ लागेको धार अलि लामो र अलि भिरालो छ । अनि उत्तर फर्केको धार तर्प्याइलो परेको छ, तर दक्षिण तर्फको धार अलि कम भिरालो छ । शेर्पाका अनुसार तिब्बत तर्फको बाटोमा पर्ने स्टेप-वान र स्टेप-टु तथा नेपाल तर्फको बाटोमा पर्ने खाङसुङ क्षेत्र अलि खराब रहेको छ । खाङसुङ क्षेत्रमा हिऊँ खसिरहने भएकाले अर्को सहज बाटो नुप्से शिखरबाट खोजि रहेको छ ।
चुचुरोको सीमारेखा दक्षिण भागमा ५ मिटर तल करीब २ फिट चौडाई र ७ फिट लम्बाई भएको एक पटकमा ७-८ जना सम्म उभिने सानो समथर भूमि छ । त्यस्तै यो भन्दा केहि सानो समथर भूमि सीमारेखाको उत्तरपट्टि करीब १० मिटर तल पनि रहेको छ । तिब्बत तिर पर्ने अन्य भाग भने ठाडै भिरालो छ । शिखरबाट हेर्दा करीब १ हजार मिटर तल मात्र देखिन्छ तर बुद्धिनारायण श्रेष्ठले लेखे बमोजिम तिब्बतबाट चढने आरोहीहरु नेपाली भुभाग न पसी चुचुरो पुग्न सक्दैन्न भन्ने, भनाईलाई शेर्पाले खण्डन गरेका छन् । उनका अनुसार चुचुरो पनि सिमाना मै पर्दछ र त्यहाँ एक पटकमा २-३ जना र समथर भागमा ४-५ जना सम्म उभन सकिन्छ ।
शेर्पा भाषामा चोमोलोङमा भनिन्थ्यो । नेपाललाई नै हिमवत् खण्ड राष्ट्र भनिन्छ किनकि हिमवत् खण्डको अघिकांश भू–भाग नेपालमा नै पर्छ । चार वेद मध्ये ऋृगवेदमा वर्णित हिमवन्त प्रदेश अन्तर्गत नेपाल रहेको र यजुर्वेदमा पनि -नीप शब्दको प्रयोग भएको पाईन्छ । यस अन्तर्गत सगरमाथा ईश्वरीय देन हो । सगरमाथाले आफ्नो घुंघट छोपि राखेको सन् १९५० पछि विश्वमा आफ्नो सौन्दर्य निखारिएको छ, प्रकट गरेको पाइन्छ ।
यस अगाडिको इतिहासमा नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने लाई कालान्तरमा आदिवासी मानियो । प्रचलित मोट भाषा सँग मिल्दा–जुल्दा छन् । मोटभाषाको “झोमुल्होङमा” लाई शाहकालीन समयमा सगरमाथा नाम दिइए । स्थानीयले यसै प्रकार कंचनजंघालाई पनि “घाङचेनच्योन्ङ्गमा” नाम दिइयो, भनिन्छ । यति मात्र होइन, सर्वे आफ इन्डियाले यस क्षेत्रका लागि बनाएको नक्सामा समेत “भोट क्षेत्र” भनेर प्रस्टाएको छ । नेपालको पुराना मुलकी ऐन, लालमोहर, ताम्रपत्र लगायतमा पनि भोट–भोटयाहा लेखिएको छ ।
सगरमाथा खुमप्पुङ्ग गा.वि.स. मा पर्दछ । यो शिखर नेपालको पूर्वपट्टि सगरमाथा अंचलको महालङ्गुर हिम श्रृंखलामा पर्दछ । सगरमाथा अंचलको सोलुखुम्बु जिल्लामा रहेको राष्ट्रिय निकुंज विश्वको सर्वोच्च शिखर सगरमाथालाई भित्रपारि फैलिएको छ । सगरमाथा क्षेत्रमा सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना २०३२ सालमा भएको र यसको कुल क्षेत्रफल १ हजार १ सय ४८ वर्ग किलोमिटरमा छ । पहाडै पहाडको देश ल्होम्से, नुप्से, चो ओयु, ल्होत्सेसार, पुमोरी, आमादबलम थामसेर्कु जस्ता हिमचुचुरा यसै निकुञ्ज भित्र पर्दछन् ।
यति पनि सगरमाथा तिर
सगरमाथा एरियामा अजीब हिममानव -यति पाउनेको विश्वास पनि आस्चर्य मानिएको छ, सुनिन्छ, र मैले पढेको लेख अनुसार ‘यति’ हिममानव वा वनमान्छे हाम्रो देशको हिमाल -चुलि का हिमपुरुषको वास स्थान पनि हो ।
काल्पनीक तस्वीर
‘यति’ नै आई पुगे भने केही शब्द सगरमाथा हिमालको रहस्य यतिबारे पनि केहि लेखिहालु, पनि मन लाग्यो ।
बेलायतिहरु नेपालको हिमालय भूखंडमा रहस्यात्मक हिममानव -यति भएको गहिरो विश्वास गर्छन् । खुम्बु क्षेत्रका शेर्पा वासिन्दाले अनकणटार हिम क्षेत्रमा यतिका पाइंला देखेको चर्चा छ । यस्तै सन् १९६० मा स्कटिश अनौठो जन्तुको पद चिन्ह फेला पारेको दाबी गर्दै सो को तस्वीर सहित चर्चा समेत गरेका छन् ।
सगरमाथा भन्दा २० माइल दक्षिण-पुर्वी ‘हिन्कू (Hinku)’ उपत्यकामा यतिको विश्वासिलो पद चिन्ह -१७२९० फिटको ऊँचाईमा फेला पारेको, त्यो ८ इन्च लामो र ४ इन्च चौडा तथा ३ देखि ४ इन्च सम्म गहिरो, पुरै शरीर भरि रौं भएको मानवकृतिको पाइला देखियो । प्रकृतिको अनुपम रहस्य शेर्पा संस्कृतीले विश्वास गरेको प्राणी, शेर्पा भाषामा याह (yah -means अनौठो प्राणी) प्रचलित छ ।
यस्तै प्रोफेशर ए. यम. श्रेष्ठ को पुस्तक ‘Tourist Interest’ बाट लेखिएको लेखबाट :- A Nepali Yogi Narhari Nath reports that he saw Yeti descending down the mountains admist flakes of snow during his pilgrimage to holy MANSAROWAR LAKE in 1973 beyond Nepal-Tibet border. It is claimed that Yeti’s are often sighted around and in the vicinity of the holywaters.
माघ २६, २०७६ को सामायिक लेख किशोर नेपालले नेपाल पत्रिकामा लेखेको पनि यति भुल्न पाएको छैन । त्यस लेखबाट लिइएको केहि अंश -“बाँचे धेरै देख्न पाईन्छ । कुनै जवनामा नेपालका हिम शृंखला चहार्न पर्वतारोहीको खोजिको विषय हुन्थ्यो, हिममानव -यति- हिममानवको असलि नाम थियो, यति । पर्वतारोही मध्ये कसैले त्यो हिममानवको छाया देखेको बताउन्थे । कति महिला पर्वतारोहीले आफुलाई हिममानवले चिसो अँगालोमा कसेको बताउँथे । कति यति संग आमने-सामने भएको घटना सुनाऊँथे । यति त यति नै थियो । अद्भुत र अदृश्य । निराकार तै पनि चैतन्य ।”
‘यति देखेको छु भने पर्वतारोही संग घण्टौ कुरा गरेर बिताऊन्थे उनी -पेन्तसे संग, पुस्तक लेख्ने पर्वतारोही लेखक खोजिमा हुन्थ्ये ।’
उहिले देशका नामुद कलाकार प्रमिला गिरी र ठाकुर मैनालीले बनाएको यतिको ईमेज अहिले सम्म अन्तराष्ट्रिय रुपमा नै लोकप्रिय छ -आकाशमा यतिको उडान ।
फेरि सगरमाथा तिर
यो पहाडलाई मात्र Peak XV (चुचुरो नम्बर पन्ध्र) भन्ने प्रारम्भिक नाम दिइएको थियो। भारतीय सर्वेचर राधानाथ सिकदरले घोषणा गरे, पहाड अग्लो छ । यो पहाड २९००२ फिट अग्लो सम्झिन्छ । राधानाथ सिकदरले गरेको मापन “ट्रिगोनेमेट्रिकल” हिसाब–किताबमा आधारित थियो । यसको नौ वर्षपछि आएर एनड्रयू बाग्ले त्यस पहाडको प्राविधिक Peak XV नाम परिवर्तन गरि सन् १८६५ मा नयाँ नाम दिए – माउन्ट एभरेष्ट । यो नाम उनले आफ्नो पूर्ववर्ती सर्वेयर जनरल सर जर्ज एभरेष्टको नाममा राखेका थिए ।
सर्वप्रथम राधानाथ सिकदरले सन् १८५२ मा पता लगाएको १०१ वर्ष पछि पन्ध्र पर्वतारोहण दलका २४ साहसिकहरुको ज्यान, चढने क्रममा गई सके पछि मात्र आएर हिलारी र तेन्जिङ्ग सगरमाथा माथि मानव विजयको श्रृङखला प्रारम्भ गरेका हुन् ।
सगरमाथा शिखर नै विश्वको सर्वोच्च शिखर हो भनेर पहिलो पता लगाउने हो या होइन, बेलायति नागरिक–जर्ज एभरेष्टको सम्मानमा यो शिखरको नामाकरण “माउन्ट एभरेष्ट” रहेकाले नेपाललाई “Mount Everest को मुलुक” भनेर पनि विश्वमा चिन्दछन् । व्यंग्य वा सच्चाई सगरमाथा बारे भारतीय आकांक्षा, हिमाल पत्रिका १६-३० फागुन, २०५९ सालको लेखमा उल्लेख भएको – २०१५ सालको आमचुनावि पछि नेपालको स्वतंत्र पहिचान स्थापित गर्ने उत्कृष्ट चाहना प्रजातन्त्र पछिको भ्रूणहत्याको एउटा प्रमुख कारण भएको कुरा राजा महेन्द्र वीर विक्रम शाह देवले आधा सगरमाथा चीनलाई र झण्डै पुरै कालापानी भारतलाई सलामी चढाएका प्रसङ्गबाट विस्तारै सार्वजनिक हुदैछन् । के यो कुरा राजनीतिकरण होइन?
यसबारे पाएको जानकारीमा वि.सं. २०१६ मा नेपालको प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको चीन भ्रमणको अवसरमा चैत्र ९ गते दुबै देशको प्रधानमन्त्री बैठकमा नेपाल-चीन सीमा निर्धारण विषय लिएको थियो । चैत्र २२ गते नेपाल फर्के पछि वी.पी.ले जानकारी गराएको मा - चीनले सगरमाथा उपर दाबी गर्यो तर यो कुरालाई वी.पी.ले चाडै हुने चीनका प्रधानमन्त्री चाउएन लाई को नेपाल भ्रमणमा यस विषयमा थप छलफल हुनेछ, भनेको हो । नेपालको नक्सामा सगरमाथा न लेखि एभरेष्ट लेखेको कारण चीनको दाबी उहाँको नक्सामा झोमोलोङ्गमा लेखिएकोले नै दाबी गरिएको हो । तर, नेपालमा यसको समाधान २०१७ वैशाख १६ गतेको पत्रकार सम्मेलनमा चाउएन लाईले सगरमाथा नेपालकै हो भनी स्वीकार गरे । यस सहमतिमा दक्षिणवाट सगरमाथा आरोहण गर्नेहरुले श्री ५ को सरकार र उत्तरवाट आरोहण गर्नेहरुले चीन सरकारवाट स्वीकृति लिनु पर्ने सहमति भएको जानकारी गराईयो । त्यस पछि दुबै देशले यही निर्णयको पालना गरिरहेको पाईन्छ । यो निर्णयमा श्री ५ महेन्द्र मौसूफबाट वि.सं. २०१८ असोज १९ गते नेपाल-चीन सन्धिमा हस्ताक्षर गरि बक्सेको थियो । त्यसै अनुसार वि.सं. २०१९ माघ ७ गते दुबै देशका सरकार प्रमुखले ‘सीमा बडापत्र’ (Boundary Protocol) मा हस्ताक्षर गरेका थिए ।
सगरमाथा बारे एउटा लेखबाट भारतका सर्वे विभागका सर्वेयर राधानाथ सिकदर भने एक जना बंगालीले पत्ता लगाएका हुन् । राधानाथ सिकदरको पूर्ण जानकारी (life history) यसै संग संलग्न छ । तर त्यो विभागमा काम गर्नेको नाम–सर जर्ज एभरेष्ट हुनाले यो चुचुरोको नाम एभरेष्ट हुन गयो । नत्र यसको स्थानीय नाम “चोमोलुग्मा” हो । तिब्बतीहरुले यही पर्वतलाई चोबोलुङ्गमा (संसारको आमा भन्दछन् ।) चोमोलुग्माको अर्थ देवी आमा नै हो । यसलाई तिब्बती भाषामा मिती–गुती–चापु–लोङमा पनि भन्दछन् ।
स्वर्ण महोत्सव, सगरमाथा अभि सुबेदीको लेख, पत्रिका अनुसार एभरेष्टको इतिहास सोझै अंग्रेजी साम्राज्यसँग जोडिएको कुराले केही शक्ति र वीरताका कुरा पनि यो सँग जोडिएका छन् ।
एभरेष्टको उत्पत्ति एउटा सानो कोठामा राधानाथ सिकदर नाम भएको एक निरीह वंगाली गणकका असफल सपनाबाट भएको थियो । कलकताको एउटा सर्भे अफिसको यस साधारण कर्मचारीले दुःखले हिसाब किताब गरेर यो चुचुरो विश्वको सर्वोच्च शिखर हो भन्ने दावी गर्यो । उसले कर्नेल एन्ड्रयु वगलाई उत्तेजित भएर चिट्ठी लेख्यो–“सर, मैले संसारको सबैभन्दा उच्च शिखर पता लगाएँ ।” तर यो शिखरको नाम राधानाथ सिकदर” पर्वत रहेन, वगले कर्नेल जर्ज एभरेष्टको नाम प्रस्ताव गरे । बायन हडसन भन्ने त्यहाँका एक कान्छा तहका अफिसरले त्यस कुराको विरोध गरे । उनले भने, यतै तिरका मानिसहरुको नाम राखिनु पर्छ, तर भएन । यो शिखर नेपालमा भएपनि त्यो कुनै नेपालीलाई थाहा थिएन । पछि सगरमाथा भनेर नेपालमा यसको नामाकरण भयो । वास्तवमा, यस चुचुराको स्थानिय नाम चोमोलोङ्मा हो । तर, त्यो नाम शेर्पाहरु आफैले पनि भनेनन् । यो सिधा-साधा शेर्पाको जानकारीमा कमीको कारण वा अन्य कारण हुन सक्छ, किनकी, नामाकरण गर्ने काम सरकारको वा संस्थाको पोलिसी माथि निर्भर गर्छ । बदलाव जिन्दगीको नियम छ । यस्तै नामाकरणमा हाम्रो देशको शुरुवात नेपाल सरकारबाट भयो, पछि २०१५ साल वैशाख २ गते बाट ‘श्री ५ को सरकार’ भयो र फेरी ४८ साल पछि २०६३ जेठ ४ गतेवाट नेपाल सरकार नै भयो । अब सगरमाथा सम्बन्धि एउटा नेपाली गद्यसंग्रह पुस्तकबाट प्राप्त भएको जानकारीमा शिषर्क–सगरमाथा या झ्यामोलोङ्मा दिएको पूर्ण लेख यस प्रकार छ ।
नेपाली गद्यसंग्रहबाट
Quote,
शिर्षक: सगरमाथा या भ्यामोलोङमा
हिमालयका पहाडहरुमा, मुख्य हिमालयका हिउँ जम्ने पहाडहरुका सिलसिलामा महालंगूर भन्ने पहाड कान्तिपुरका पूर्वपट्टि रहेको छ । यसदेखि पूर्वपट्टि यस सिलसिलाको कुंभकर्ण पहाड जोरिएरै रहेको छ । महालंगूरका टाकुरा या चुलीहरुमा सबभन्दा अग्लो चुली नेपालपट्टि सगरमाथा र भोटमा झयामोलेङ्मा१ कहिल्छ । कुंभकर्णको मुख्य चुली नेपालमा मकालु कहिन्छ । भोटपट्टिके नाउँले पुकारिन्छ, त्यो थाहा छैन । यसको उचाइ समुद्रका तहबाट २७७९० फुट छ, यो उचाइ कम होइन, तर यसभन्दा अग्ला हिमालयका चुली धेरै नै हुनाले विशेष महत्वको छैन । सगरमाथाको उचाइ २९१४१ फुट नापिएको छ, यति अग्लो चुली संसारमा अर्को नहुनाले वडो महत्वको वस्तु भइरहेको छ । यी दुबै पहाड र चुलीहरु अचेलका नेपाल र भोटका राज्यको सीमानामा छन् । यिनका दक्षिणपट्टि नेपालको किरात प्रदेश र उत्तरपट्टि भोटको चङ प्रदेश रहेको छ । नेपाल र भोटको पहिला परिचय हुँदा नेपालका पुराना बासिन्दा नेवारहरुले भोट (१ यो नाउँ चुलीको मात्र हो कि, चुलीसमेतका महालंगूर पहाडको हो, त्यो निश्चय गर्न सकिएको छैन । महालंगूरको भोटे नाउँ लापछेखाङरि हो क्या (मेन्सिटार्ट–गर्खा, पातो १००) का यसै प्रदेशका बासिन्दासँग संबन्ध जोडेथे । यसै कारणले नेवारी–भाषामा भोटे–जातिलाई कहने ‘सञ’ शब्द यसै प्रदेशका नाउँ चङबाट बनेको छ ।
सगरमाथाको महत्व अघि थाहा नभएको हुनाले नेपालका कुनै लेखमा पनि यसको चर्चा देखिदैन । यसको महत्व अंग्रेजी साहित्यद्धारा नेपालीहरुलाई मिलेको छ । अंग्रेजहरुले यसको नाउँ एभरेष्ट राखेका हुनाले यसको महत्व पहिचना गर्ने शिक्षित नेपालीहरु त्यसै अंग्रेजी नाउँले जान्दछन् । कान्तिपुरबाट यो चुली केवल १०० माइल फरकमा छ, तैपनि यहाँका बासिन्दालाई सगरमाथा भन्ने कुन वस्तुको नाउँ हो थाहा हुँदैन । किरात–प्रदेशमा जुन–जुन ठाउँबाट यो चुली देखिन्छ, उस-उस ठाउँका बासिन्दाका मुखमा मात्र परंपराबाट अरु सामान्य वस्तुको नाउँसरह सगरमाथा भन्ने नाउँ चढिरहेको हुन्छ । यही हाल महालंगूर, कंभकर्ण र मकालुको थियो । दश आठ वर्षअगाढि इन्डिएन गभन्र्मेन्टले प्रकाशित गरेका नेपालका नक्सा (मानचित्र) मा यी तीनओटा नाउँ चढाईएका हुनाले अब सबैलाई याद हुने भएको छ ।
महालंगूर, कुंभकर्ण र सगरमाथा आर्य–भाषाका नाउँ स्पष्ट देखिन्छन् । किरात–प्रदेशमा पाल्पाली राजा मुकुन्दसेन (पहिला) को विजय पताका फैलिनुभन्दा पहिले त्यहाँ आर्य–जातिका मनिसको प्रवेश भएको प्रमाण पाइदैन । महालंगूरका दक्षिण फेदीबाट रसाएर निस्केका दुधकोशी नदीमा नुहाउने आर्यपुरुषहरुमा पहिला मुकुन्दसेनका सैन्यकै बाहुन र क्षेत्री देखिन्छन् । यी राजाका छोरा लोहांगसेनका राज्यकाल (अं.संवत् १६१०–५७) मा त्यस प्रदेशमा आर्य–परिवारका बाहुन–क्षेत्रीका बस्तीहरु जोरसोरसँग बस्दै गएका हुनाले यिनीहरुलाई नयाँ देखिएका नदी र पहाडहरुको नाउँ राख्नाको जरुरत पर्नु स्वभाविकै छ । हुन त यी सबै नदी र पहाडहरुका किरात–बोलीका नाउँ अवश्य थिए । तिनमा जो कर्णकटु थिए तिनलाई छोडेर नयाँ नाउँ राखेको र जो श्रुतिमधुर थिए तिनलाई लिएको देखिन्छ । यी बाहुन–क्षेत्रीहरु आर्यभाषा परिवारको मगराँतमा आएर बनेको पर्वत बोली व्यहार गर्दथे । यही बोली पछि नेपालको राष्ट्रभाषा बनेर अचेल नेपाल भाषा कहलाएको छ ।
किराँत–बोलीमा नदीको सामान्य नाम अघि ‘कोसी’ भएको देखिन्छ । किनभने यसको अर्को रुप ‘खुशी’ शब्द यस अर्थमा नेवारी–भाषामा व्यवहार हुँदैछ । किरात–प्रदेशका मुख्य मुख्य कोसीहरु मिलेर एउटै नदी बनी मधेसका मैदानमा झरेकालाई विहारका आर्यहरुले पनि कर्णकटु शब्द नहुनाले कोसी नै भन्ने गरेका थिए । यस हिसाबले किरात प्रदेशमा सामान्य नाम भएको कोशी शब्द मधेसका मैदानमा पुगेर विशेष नाम बनेको थियो । यस कारणले (१ यही हाल सिन्धु नदीको छ । दरदिस्तानका बोलीहरुमा सिन्धु भन्ने नदीको सामान्य नाम छ । भोटवाट आएका मुख्य धारामा यस प्रदेशका अनेक सिन्धु मिलेर एउटै नदी बनेर मैदानमा झर्दा सिन्धु कहलाएर समुद्रमा मिसिएको छ । १ किरात प्रदेश पूर्वभागमा अरुन र तमोर मुख्य कोसी छन् । यी नाउँ किरात–बोलीका अनुवाद हुन् कि -नयाँ नै हुन् त्यो निश्चय गर्न सकिएको छैन । अरुनको पहिला रुप अर्नु अनुमान हुन्छ । अर्ना र तमोर (बाजा) को जस्तो यिनको गडगडाइट सुनेर यी नाउँ रहेको देखिन्छ ।) किरात–प्रदेशमा बगेका भिन्न-भिन्न कोसीहरुलाई नयाँ गएका बाहुन क्षेत्रीहरुले सुन–कोसी, तामा–कोसी, दूध–कोसी आदि नाउँ राखे । सुन, तामा र दुध ती कोसीहरुका किरातबोलीका कर्णकटु नाउँका अनुवाद अडकल गरिन्छन् । किनभने कोसीहरुमा एउटा सानोचाहि अचेल पनि ‘लिखु’ कहिन्छ । लि–कोसीको यो छोटकरी रुप देखिन्छ औ यसको शब्दानुवाद पित्तल–कोसी हुन्छ । यसै सिलसिलामा दुई वडा वडा पहाडको नाउँ महालंगूर र कुंभ कर्ण औ चुलीको नाउँ सगरमाथा राखेको देखिन्छ ।
महालंगूर र कुंभकर्णका किरात–बोलीका नाउँ कर्णकटु हुनाले छोडिदिएको अनुमान हुन्छ । महालंगूरभन्दा पश्रिमपट्टि रहेको पहाड अचेल पनि रोलवालिङ कहिन्छ औ यो कर्णकटु नाउँ पुरा नै देखिन्छ । पछि राखेको आर्यभाषाको देखिदैन । यसका नगीचमा दोलखामा नेवारहरुको बस्ती लोहांगसेनका समयभन्दा पहिले नै बसेको थियो । उस समयका दोलखाका नेवारी–भाषामा कर्णकटु शब्दको भरमार थियो । यस कारणले रोलवालिङ शब्द व्यवहार गर्न यिनीहरुलाई केही कठिन थिएनन । सभ्य नेवाहरुले व्यवहारमा लिइसकेका रोलवालिङ शब्दलाई किरात–प्रदेशमा गएका बाहुन, छेत्रीहरुले बदल्न नसकेर कर्णकटु भए पनि लिएको देखिन्छ ।
महालंगूर शब्दमा रहेका अघिल्लो महा शब्द ठूलो र धेरैका अर्थमा संस्कृत र नेपाली भाषामा समेत ज्यादै नै व्यहार हुन्छ (जस्तो महादेव, महामुश्किल, आदि) लंगूर शब्द डोटी, जुमलातिर सामान्य बाँदरका अर्थमा औ कान्तिपुरमा कालो मुख भएका तराईका बाँदरका अर्थमा व्यवहार हुन्छ । बाँदरको पुच्छर लामो भएर नै यो नाउँ रहन गएको देखिन्छ । किनभने यस शब्दसँग मिल्दोजुल्दो लांगूल शब्द संस्कृत भाषामा पुच्छरका अर्थमा व्यवहार हुन्छ । यसै कारणले हिमालयका अग्ला र लामा पहाडलाई पनि लंगूर भन्ने चलन अनुमान हुन्छ । डेढ सय वर्ष अगाडि गढवालमा लंगूर भन्ने विकट पहाडमा रहेको एक गढी थियो, जहाँ संवत् १८४९ मा गोरखालीले आक्रमण गरेथे । भोटमा रहेका एक पहाडलाई भैरव लंगूर भनेर कान्तिपुरबाट पुकारिन्छ । लंगूरहरुमा ठूलो अटकल गरिएर महालंगूर भन्ने नाउँ राखिएको देखिन्छ । कुंभकर्ण शब्द शुद्ध संस्कृत भाषाको छ । रामायणमा कुंभकर्ण राक्षसको पहाडसँग र नाक कानको कन्दराहरुसँग उपमा जोडिएको हुनाले यो नाउँ राखेको अनुमान हुन्छ । भोटमा ब्रह्रापुत्रका आसपासको एक पहाड भेनछिन कहिन्छ । यसको शब्दानुवाद लम्बकर्ण हुन्छ । लम्बकर्ण शब्द सुनेर नै कुभंकर्णको याद भयो होला ।
नेपाली भाषा या पर्वते बोलीका ‘सगर’ र ‘माथ’ शब्द बनेको स्पष्ट नै देखिएको छ । संस्कृत साहित्यमा स्वर्ग माथितिर देखाइएको हुनाले यस शब्दको अर्को रुप सगर शब्द, पर्वते बोलीमा आसमानका अर्थमा व्यवहार गरिन्छ । संस्कृत भाषाको मस्तक शब्द र यसको अर्को रुप पर्वते बोलीको माथ शब्दले कपाललाई कहन्छ । यस हिसाबले सगरमाथाको मतलब आसमानसम्म कपाल पुगेको हुन आउँदछ । यो चुली ज्यादै अग्लो हुनाले यो नाउँ अत्यन्त सार्थक पनि छ । अर्को चुलीको नाउँ भएको मकालु शब्द आर्य भाषाको देखिंदैन । श्रुतिमधुर हुनाले किरातबोलीकै शब्द चलन गरिआएको देखिन्छ ।
भोटे भाषाका भयामोलोङ्मा शब्दमा ‘लोङमा’ विशेषण मात्र हो; यसको अनुवाद लमिनी हुन्छ । ठूलो या अग्लो देखाउनका निमित्त यो विशेषण जोडिएको छ । ‘झ्यामो’ मा पनि ‘मा’ स्त्रीलिंगको प्रत्यय छ, अर्थ बताउने शब्द ‘झ्या’ मात्र छ । यसको अर्थ चरो हुन्छ । यस शब्दको अर्को रुप झङ शब्द चराका अर्थमा नेवारी भाषामा पनि छ । यस हिसाबले भयामोलोङ्माको शब्दानुवाद ‘चरी लमिनी’ हुन आउँदछ । यसरी पंछीका नाउँबाट चुलीको नाउँ राखिएको, अर्को उदाहरण पुराना इरानीआर्यहरुका साहित्यमा ‘आवेस्ता’ मा पाइएको छ । हिन्दुकुश पहाडका मुख्य चुलीको नाउँ तिनीहरुले ‘उपाइरि सइएन’ (संस्कृत रुप, उपरिश्येन) अर्थात् बाजभन्दा अग्लो भन्ने राखेका थिए ।
यस ठाउँमा रोलवालिङ पहाडका चुलीको पनि चर्चा गर्नु परेको छ । यो चुली टुप्पामा फाटेर दुइ हाँगा बनेका छन् । तिनका उचाइमा पनि अन्तर ज्यादा छैन । अग्लोचाहि २३४४० फुटका उचाइमा रहेको छ । यिनमा एउटा तीखोचाहि गौरा र अर्को टुप्पामा थिचिएको चाहि पार्वता कहिन्छ । “एक दिन पार्वती भागेर माइत जाँदा, खोज्दै पछि लागेका महादेवले भेट्टाएर पार्वतीले लाज मानी घुम्टो हालेर मुख छोपिन । यसै हालतमा शिला बनेर रहेका रहौछन् । भन्ने दन्त्यकथा दोलखातिर प्रसिद्ध छ । यस कारणले महादेव (गौर) र पार्वतीका नामवाट यिनको नामाकरण भएको देखिन्छ । टाडाबाट दुई चुली नदेखिएर एउटै देखिने हुनाले गौरापार्वता भन्ने नाउँले पुकारिन्छ । यो चुली झारफूकका मंत्रमा देवताका रुपमा चढेर “गौरापार्वताकी वाचा” पढिन्छ । झारफूकेहरुले आफ्ना साथसाथै घुमाउँदा यसको प्रसिद्धि सगरमाथा या मकालुको भन्दा ज्यादा हुन गएको छ ।
आजका १०० वर्ष जति पहिलेसम्म सगरमाथाको महत्व प्रकट भएको थिएन । संसारभरमा पहिलो अग्लो चुली यही हो भन्ने ता के कुरा, हिमालयका चुलीहरुमा पनि सबैभन्दा अग्लो यो हो भन्ने कसैलाई पत्ता थिएन । यसको उचाइ नापी संसारभरका चुलीहरुमा भबभन्दा अग्लो यही हो भन्ने पत्ता लगाउने अचेलका परिभाषा अनुसार यसको आविष्कार गर्ने रमानाथ सिकदर हुन भन्ने सुनिन्छ१- । (गंगा, भागलपुर -संवत् १९९० श्रावण, पातो ९१५) यी वंगाली सिकदर महाशय इंडियन गभर्न्मेन्टका सर्भे विभागका कर्मचारी हुनन् । उस समयमा यिनले नेपालपट्टिबाट गएर नाप लिन असंभव थियो । भोटातिरबाट जान पनि महाकठिन थियो । तैपनि त्यसको नाप लिइछोड्नु सानो महत्वको काम होइन । उस समयमा यसको नेपाली नाउँ या भोटे नाउँको खोज र परवाह भएको देखिंदैन । संसारको मुकुट भएको यस चुलीलाई उम्कन दिन उचित नदेखेर लंडनका रायल ज्योग्राफिकल सोसाइटिले संवत् १९१३ मा यसको नाउँ एभरेष्ट राखिहाले । सर जर्ज एभरेष्ट भन्ने एक अंग्रेज तेह्र वर्षसम्म हिन्दुस्थानमा सर्भेअर–जनरल भएका थिए (१८८७–१९००) । यिनका सम्मानका खातिर यिनका नाउँबाट संसारभरका अग्ला चुलीको नाउँ राखियो । यिनले गंगा नदीका सिरानपट्टिका हिमालयको छानविन ता गरेका थिए, तर महालंगूर या सगरमाथाको दर्शन अवश्य पाएका थिएनन् । तैपनि आफ्नो नाउँ संसारका सबभन्दा अग्ला त्यस चुलीमा चढेको देख्ने सौभाग्य यिनलाई मिल्यो ।
लगभग यसै समयमा एक जर्मन जात्रुले यूरोपका भूगोल संम्बन्धी पत्रिकामा हिन्दुस्थानीहरु हिमालयका सबभन्दा अग्ला पहाड या चुलीलाई गौरीशंकर भन्दछन् भन्ने हल्ला पिटेका थिए । गौरापार्वताकै नाउँ सुनेर रुप सच्याई गौरीशंकर भनेका हुन् । यो कुरा स्पष्ट नै छ । यिनको भनाइ साँचो ठानिएर यूरोपियनहरुलाई गौरापार्वताको पत्ता नहुन्जेल यूरोपबाट प्रकाशित भएका कुनै कुनै नक्सामा र हिन्दुस्तानबाट प्रकाशित भएका अधिकांश नक्साहरुमा एभरेस्ट या गौरीशंकर भनेर दुबै नाउँ लेखिन लागे ।
इण्डियन गभर्न्मेन्टले सन् १९०६ (संवत् १९६३) मा प्रकाशित गरेका, इलिष्टले तयार गरेका “क्लाइमेटिलजिकल आएटलस अब इण्डिया” का पहिला नक्सासम्म यही व्यवहार देखिएको छ । स्कुलमा पढाइने नक्साहरुमा भने अझ पनि यही दुबै नाउँ राख्ने चलन छदै छ ।
गौरापार्वताको पत्ता अंग्रेज सर्भेयरहरुलाई भए गौरीशंकर भन्ने नाउँ गौरापावतामा लेखिन लागेको र एभेरेस्ट अकेलै रहन लागेको छ । इण्डियन गभर्न्मेन्टले नै प्रकाशित गरेका इण्डिया आएन्ड आएड्जेसेंट कंट्रिज सिरीजका नक्साहरुमा यही चलन देखिन्छ ।
लगभग दश वर्षअगाडि स्टेट्सम्यानमा गौरीशंकर भन्ने पहाडको नाउँ र एभेरेस्ट भन्ने त्यसका चुलीको नाउँ हो भन्ने वेशिरपैरको लेख छापिएको थियो । तर त्यसको परवाह नगरी इण्डियन गभर्न्मेन्टले प्रकाशित गरेका नक्सामा पहाडको नाउँ महालंगूर र त्यसका चुलीको नाउँ एभरेस्ट दिएको छ, गौरापार्वताका ठाउँमा गौरीशंकर लेखिएको छ । गौरापार्वता शब्द संस्कृत व्याकरणअनुसार अशुद्ध थियो । त्यो एक जर्मनद्धारा शुद्ध गरिएर ६०–७० वर्ष जति अर्का ३५ माइल फरकमा रहेका (सगरमाथा) चुलीको नाउँ बनेर अब आफ्नै ठाउँमा फर्केर आएको छ । बहुत बेस ।
एभरेस्टको साथ गौरीशंकरले छोडेपछि त्यसको साथ चोमोलोङ्मा (Chomolongma) ले पक्रेको छ । इण्डियन गभन्र्मेण्टले हालसाल प्रकाशित गरेका नेपालका नक्सामा एभरेस्टका बगलामा भोटपट्टि चोमोलोङ्मा लेखिएको छ । झयामोलोङमालाई नै चोमोलोङ्मा लेखिएको अनुमान हुन्छ । झयामोलोङ्मामा बोल्दा ‘झयामो’ बोलिने र लेख्दा ‘भ्यामो’ लेखिने चलन छ । ‘झयामो’ को अर्थ ‘चोमो’ बाट प्रकट हुँदैन । अर्थ गडबडिएर भए पनि नेपालका नक्सामा सगरमाथाको ठाउँ लिएर भोटे नाम घुस्न आइपुगेको छ । सगरमाथा शब्द भने किरात–प्रदेशमा मात्र अलमलिएर रहेको छ ।
Unquote
सर्वोच्च शिखरमा पहिला पाइला राख्ने तेन्जिङ्ग नोर्गे शेर्पा र सर एडमण्ड पर्सिबल हिलारीको सम्झनामा हरेक वर्ष २९ मे नाम्चे बजार उत्सवमय हुदै आएको छ । त्यसबेला तेन्जिङ्ग-हिलारी एभरेस्ट म्याराथनको आयोजना गरि धावकलाई सहभागी गराउने गरेको परम्परा चलाएको हो किनकि सन् १९५३ मे २९ नेपाली २०१० साल जेठ १६ गतेमा तेन्जिङ्ग र हिलारीले पहिलो पटक सगरमाथा पुगी दर्शन गरेका थिए । तेन्जिङ्ग शेर्पालाई प्रसंशा गर्दै राष्ट्र कवि माधव प्रसाद घिमिरेको अभिव्यक्ती पनि यस प्रकार छ ।
तेन्जिङ शेर्पा शिखर घरमा जन्म तैले लिएको
स्यार्पानीको सवल बघिनी दूध तैंले पिएको
हुर्केको हिम पवनमा आज तैंले काम लाग्यो
झुल्की हाम्रो उदय गिरीमा विश्वमा घाम लाग्यो
एडमण्ड हिलारीको निधन सन् २००८ को जनवरी ११ मा शुक्रबारका दिन आकल्याण्डमा ८८ वर्षको उमेरमा समय ९ बजे भएको थियो । उहाँको जन्म न्यूजीलैडको अकल्याण्ड नजीक टुवाकुमा सन् १९१९ जुलाई २० मा भएको थियो । एडमण्ड हिलारीले ‘सर’ को उपाधी सगरमाथा आरोहण पछि पाएको हो ।
तेन्जिङ्ग नोर्गे शेर्पाको जन्म १९७१ सालमा नेपालको ओखलढुगाको सोलुखुम्बुको थामे गाउँमा भएको थियो । उनको पहिलो नाम नामग्याल वाङ्दी थियो । पछि मात्रै उनको नाम नोर्गे राखिएको हो । उहाँ भाग्यमा विश्वास राख्ने हुँदा नोर्गे भनिएको हो । नोर्गेको अर्थ भाग्य हो । सफल आरोहण पछि उनी भारतीय नागरिकताको प्रस्तावलाई स्वीकार गरि भारतीय नागरिक भए र उहाँको निधन दार्जिलिङ्ग सिड्मारी स्थित ‘तेन्जिङ्ग रक’ मा सन् १९८६ मे ९ मा, समय ५ः३० बजे भएको थियो ।
नेपालको स्वीकृतिमा सर्वे आफ इण्डियाका रामानाथ, सिकदर, तेजवीर बुढाथोकी सहितका टोलीले पहिलो पटक सन् १८५२ मा ८ हजार ८ सय ४०.०७ मिटर सबै नाप भन्दा कम उँचाई मापन गरे । र दोश्रो पटक सन् १९०७ मा चुचुरो सम्म नाप्दा ८ हजार ८ सय ८३ मिटर सम्म भन्ने । यस प्रकारको अन्तरमा उँचाई सबै भन्दा बढी दर्शाए । सन् १८५२–१९५४ सम्मको १०२ वर्षमा भारत एक्लैले ४ पटक सगरमाथाको उचाइ नाप्यो ।
पटक–पटक उँचाई नाप्दा र फरक माप आउँदा को कारण प्रविधि, मौसम वा अन्य हुन सक्ने सम्भावना देखिन्छ । सन् १९५४ को माप ८ हजार ८ सय ४८ मिटर लाई विश्वले मान्यता प्रदान गरे र हाल सम्म त्यही स्वीकार भईरहेको छ ।
जानकारी अनुसार भारतीय प्राविधिकले सन् १९५४ मा भारतको गंगानदीको किनारलाई आधार मानेर त्रिभुजाकार विधिबाट सगरमाथाको उचाई मापन गरेको र त्यसमा भारतीय सर्वेयरले सन् १९५२ मै सर्वोच्च शिखर भएको दावी गरेका थिए र त्यही मान्यता अनुसार ८८४८ मिटर विश्व मानिदै आएको छ । यस पछि पनि ६ पटक वा बढी सगरमाथाको उचाई नाप्ने कार्य भयो तर त्यसमा नेपालको सहभागिता थिएन र नेपालको मान्यता पनि थिएन । यस अनुसार:-
चीनले: २ पटक
इटाली: २ पटक
अमेरिका: १ पटक
नेपाल: प्रथम पटक नाप्दै छ ।
चीनले २ पटक नाप्न लगाए साथै पटक पटक पनि नाप्ने कार्य गरे र सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा सगरमाथाको उचाई समुद्री सतह देखि ८८४४.४७ मिटर रहेको मानिएको थियो । त्यसलाई मान्यता दिन विश्व पर्वतारोहण महासंधमा निवेदन पनि सन् २००७ तिर दियो तर निर्णय भएको थिएन् । तर, चीनले आफ्नो नयाँ नाप अनुसार उत्तरी मोहराबाट सगरमाथा आरोहण गर्ने लाई त्यही अनुसारको उचाइ उल्लेख गरेर प्रमाण–पत्र प्रदान गर्यो । र, यो क्रम सन् २०१५ सम्म कायम रह्यो । झण्डै ९ वर्ष सम्म आफ्नै उचाइको प्रमाण पत्र वितरण गरियो । यस अनुसार उचाई करीब साढे तीन मिटर कम हुन्थ्यो, तर, बराल अनुसार नेपालले चीनको प्रस्ताव अस्वीकार गरि दियो । चीनले सगरमाथाको उचाई दुई पटक नापेको मापन नतीजा फरक-फरक छन् । बाङ बाङचुकले सन् १९७५ मा ८८४८.१३ मिटर निकालेका थिए भने सन् २००५ मा सर्भेइङ एन्ड म्यापिङका बाइचेन र छेनबाङ झुले गरेको मापनले सगरमाथाको उचाइ ८८४४.४७ मिटर देखियो ।
अहिले नेपालले २०७५ सालमा नाप्न लागेको सगरमाथामा चीनको कुनै पनि अध्ययन, अनुसन्धान र चासो पाएको छैन् । दुबै देश नेपाल र चीनको टोलीले संयुक्त रुपमा फेरि नाप्न गर्नुपर्ने बतायौं, त्यसमा चीनले तैयार भएको छैन र नेपाले पठाएको पत्रको जवाफ पनि दिएको पाऊँदैन ।
इटाली सन् १७८७ मा इटालीको टोलीले जी.पी.एस अर्थात ग्लोबल पोजेसनिंग सिस्टमबाट सगरमाथाको पहिलो पटक मापन गरेको थियो । त्यसबेला सगरमाथाको उचाई ८८७२ मिटर मापन भएको थियो । इटलीले २ पटक नाप्न लगाएको जानकारी पाइन्छ ।
अमेरिका: अमेरिकाले एक पटक नाप्न लगाए र त्यस अनुसार सगरमाथाको उचाई २ मिटर बढेको सार्वजनिक गरियो । सन् १९९१–१९९९ अर्थात ८ वर्ष लगाएर अमेरिकाको नेशनल जियोग्राफी अफ सोसाइटीले डा.वासवर्नको नेतृत्वमा सन् २००१ मा सगरमाथाको उचाई २ मिटर बढेको अर्थात ८८५० मिटर सार्वजनिक गरियो । नेपाल र चीन कसैलाई जानकारी समेत नदिई मान्यताका लागि विश्व पर्वतारोहण महासंघमा निवेदन समेत अमेरिकाले दियो ।
सन् १९८० मा बेलायत र सन् २०१० मा डेनमार्कको सहयोगमा भएको गुरुत्वाकर्षण सर्बे एक पटक गरिएको थियो ।
न्यूजिलैडको बैदिशिक तथा व्यापार मंत्रालयले भुगणितज्ञ डा. क्रिस पियर्सनलाई सगरमाथाको उचाई पुन: मापन गर्न सधाउनु भएको छ । २०७२ सालको भुकम्प पछि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटरमा करीब ३ सेन्टिमिटर घटेको हुन सक्ने भूगर्भविदको अनुमान कतिको सत्य छ भनि उचाई मापन गर्न लगिएको हो । यसको लागि प्रारम्परिक र आधुनिक दुबै विधि प्रयोग गरि दुबैले दिने नतीजा तुलना गरिने बताइएको छ । थाई समाचार संस्था– द नेशनल ले लेखेको छ, पियरसनको नेतृत्वमा यस अघि भूकम्पले क्षति पुगेका संरचनाको पुननिर्माण र नयाँ तथ्याड्ढ संकलन भएको थियो ।
पौराणिक ग्रन्थ अनुसार हिमालयका टाकुराहरु एक न एक देवी देवताको निवास स्थान हो । यस कारण यो पवित्र मानिन्छ । सगरमाथा अभियानको इतिहास १९७० साल देखि शुरु भएको हो । त्यो बेला रायाल जोग्राफिकल सोसाइटी र अल्पाइन कल्बले यो चुचुरोमा पुग्ने प्रारम्भिक कदमहरु चाले, तर अभियान असफल भयो ।
त्यसपछि जनरल बुशको नेतृत्वमा १९७९ र १९८१ सालमा पनि कोशिश गरे तर, सफलता पाएन । १९८१ सालको अभियानमा म्यालोरी र हर्बिनले २८००० फिट माथि सम्म पुगे र उनीहरु फर्केनन् । त्यस पछि रटलेजको नेतृत्वमा १९९० र १९९३ सालको प्रयास पनि सफल पाएन । स्वीसहरुको एक दल २००९ सालमा कोशिश गर्यो तर २३००० फिटबाट नै फर्केर आयो ।
अन्तिम सफलता २०१० सालमा कर्नेल हण्टका नेतृत्वमा भएका एउटा दलको आखिरमा जेठ १९ गतेका दिन बिहान ११ बजेको समयमा विजय प्राप्त गरिहाल्यो –न्यूजीलैंडका हिलारी र नेपालका तेन्जिङ्ग नोर्गे शेर्पा । उहाँहरु अहिले एउटा विश्व प्रसिद्ध विभूतिमा गनिएका छन् । तेन्जिङ्गमा अनुभव, साहस, अपूर्वको उत्साह र उद्योगले गर्दा विभूति प्राप्ति हो । उहाँहरुको एउटा भिडियो – एन्टोनेलो पाडोमानो निर्देशित, द एसेन्ट अफ ऐभरेस्टमा सर्वप्रथम सगरमाथा आरोहण गर्न एडमण्ड हिलारी र तेन्जिङ्ग नोर्गे शेर्पाको यात्रा वर्णन समेटिएको छ । हिलारी मार्फत नै वाचन गरिएको वर्णनमा किन र कसरी सगरमाथा चढेको उच्च विचार भन्ने तथ्यका साथै केही दुर्लभ भिडियोहरु पनि समेटेको छ ।
सगरमाथा सेवामा संलग्न पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङलामा जन्मिएका डा. रुईत आँखा विशेषज्ञको रुपमा, मोतिया विन्दुका विरामीको शल्यक्रिया गरी इन्ट्रा अकुलर लेन्स (आईओयल) प्रतिस्थापन गरेका छन् । विश्व प्रसिद्ध पर्वतारोहीलाई आँखा शिविरका लागि डा. टेविन र डा. रुईत मिलेर सन् १९९५ मा हिमालयन क्याटरयाक्ट प्रोजेक्ट शुरु गरेका थिए । तिलगङ्गा को नेतृत्वमा यस प्रोजेक्टले आँखा उपचारलाई चीन, उत्तरी भारत तथा पाकिस्तान, उत्तर कोरिया, भुटान र क्याम्बोडियामा विस्तार गरेको छ । डा. टेबिनको बढी समय उक्त मुलुक मुलुकमा आँखा शिविर सञ्चालन गर्दैमा वित्छ । उहाँहरुको सेवा हिमाली मुलुक वासिन्दा साथै मानिसहरुको जीवन ज्योति हो ।
प्रकृति जति नै कठिनाई दिएपनि मानिसको चुनौतीमा एक जना पर्वतारोही सञ्जय पंडितले लेखेको अनुभूतिमा जसले नेपालका सगरमाथा, मनास्लु, आइसल्यण्ड पिक, छुकुग्रीपिक, नागार्जुन पिक, तान्जेनियाको किलिमिन्जारो, युरोपको एल्प्रस आस्ट्रेलियाको कोजियस्को, जापानको फुजी, भारतको मेरु र रसियाको चिगाद आरोहण गर्दा अविस्मरणीय घटनाका थाकै लागेका छन् । यादगारमा उहाँले सन् २०१५ मा नेपालको राष्ट्रिय पोसाक दौरा–सुरुवाल, मादगाऊँले टोपी लगाएर २५ घण्टा १३ मिटेमा उल्टो हिँडेको इतिहास पनि बताएको छ ।
नेपाल र नेपालीको पहिचान नेपालको झंडा साथै दौरा-सुरुवाल सेतो, भाद्गाऊँले कालो टोपी, कालो पाइन्ट र कालो जुत्ता पुर्खाको बहादुरीको शान थियो ।
हाम्रो सगरमाथा (माउन्ट एभरेष्ट)को चुचुरो प्रतिको राजनितिकरण गरिएको हो कि होइन ? उल्लेख्य कुरा के छ भने तत्कालिन प्रधानमन्त्री वी.पी.कोइराला चीन भ्रमणमा रहेका बेला यानी २१ मार्च १९६० मा चीनले सरगमाथा को चुचुरो आफ्नो भएको दाबी दोहोर्याएको थियो ।
जननिर्वाचित प्रथम प्रधानमन्त्री वी.पी.कोइराला को समय सिंहदरबार ग्यालरी बैठकको पत्रकार सम्मेलनमा एक अमेरिकी पत्रकारको प्रश्न नेपाल भ्रमण २६/२९ अप्रिल १९६० मा रहेको दोश्रो भ्रमणमा चिनियाँ प्रधानमन्त्री चाउ एनलाई प्रति लक्षित गरि चुचुरो प्रति नेपाल र चीन बीच माउन्ट एभरेष्टको आफ्नो–आफ्नो भएको दाबी कसरी सल्टाउने भने जवाफमा पत्रकारलाई लक्षित गरी चिनियाँ प्रधानमन्त्रीको जवाफ–“चीनको झोमोलोङ्गमा र नेपालको सगरमाथा ‘मित्रताको प्रतिक’ हो र हामी मिलेरै सल्टाऊँछौं तर मलाई माउन्ट एभरेष्टबारे जानकारी छैन ।”
इतिसकार बावुराम आयार्चको अध्ययनका सम्पुर्ण कागजात प्रधानमन्त्री वी.पी.ले समकक्षी चाउ एनलाईको हातमा थमाइदिए –चुचुरो नेपालको हो भन्ने प्रमाण पुग्ने गरी । र, त्यति बेला सम्म आचार्यले पन्ध्रौं चुलीलाई सगरमाथा नामाकरण गरिसकेका थिए । २८ अप्रिल १९६० मा प्रमाणका आधारमा सगरमाथा नेपालमा पर्ने भन्दै चीनले ‘मित्रताको प्रतिक’ रुपमा दाबी छोडेको थियो ।
हिमालमाथि राजनिति त होइन, सगरमाथा को उँचाई बढेको/घटेको भन्दै विभिन्न देशले निकाल्ने नतिजा र त्यसलाई कायम गराउन हुने अन्तरराष्ट्रिय लबिङ्ग प्रति सांकेतिक विचार पनि हुन सक्छ ।
नेपाल पत्रिका १ फागुन २०७३ अनुसार सर्भे अफ इन्डिया स्थापनाको २५० वर्ष पुगेको संदर्भमा १२–१४ माघ २०७३ मा हैदराबादमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता भएन, अनुपस्थितको कारण जुन पनि हुन सक्छ । नेपाल प्रतिनिधिको उपस्थिति न भएको त्यस सम्मेलनमा भारतीय सुब्बारावले नेपालको पहिचान जोडिएको सगरमाथाको उचाई नाप्ने बारेमा भुकम्पका कारण विश्वको सर्वोच्च शिखरको उचाई घटेको भन्दै नेपालका नापी विभागका महा निर्देशक हैदरावाद आएको भए विस्तृत कुराकानी गरेर तुरुन्त काम थाल्ने समेत बताएको थिए ।
सगरमाथाको उचाई नाप्न भारतीय विदेश मन्त्रालयले नेपाल सरकारको स्वीकृति लिइसकेको समेत रावले त्यस सम्मेलनमा बताएको बि.बि.सी. हिन्दी सेवा, पीटीआई र द हिन्दु लगायतका सञ्चार माध्यमले सार्वजनिक गरि सकेका छन् । रावले सुनाएको योजना अनुसार आउँदो दुई महिना भित्र सर्भे अफ इन्डियाको एउटा टोली सगरमाथा चढेर भुउपग्रहमा आधारित प्रणाली जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) बाट उचाई नाप्ने र त्यसको १५ दिनमा सफ्टवेयरबाट अन्तिम नतीजा निकाल्ने बताएका थिए । तर, नेपाललाई कुनै जानकारी नभएको पाइन्छ, उल्लेखछ । उचाई बारे नेपाल पत्रिका अनुसार भूकम्प पछि काठमाडौं उपत्यका औसत १.१५ मिटर अग्लो भएको छ भने १.१८ मिटर दक्षिण तिर सरेको छ ।
चीन अहिले पनि सगरमाथालाई माउन्ट एभरेष्ट भन्न रुचाउँदैन भन्ने संकेत चाहीँ १२–१२ अक्टोबर २०१९ को चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा पनि मिल्यो । त्यसलाई बुझउन दुई देशबीच भएको १४ बुँदे समझदारीको ८औं बुँदामा पाइन्छ । त्यो बुँदा हो सगरमाथा/झोमोलोङमा को अन्तरराष्ट्रिय प्रबद्र्धनमा जोड दिने । जलवायु परिवर्तनबाट जोगाउने । सगरमाथाको उँचाई संयुक्त रुपमा घोषणा गर्ने । यस्तै राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा सगरमाथा/झोमोलोङमाको देशमा चिनियाँ राष्ट्रपतिलाई स्वागत छ, लेखिएको द्वारले नेपालको प्रयास पनि त्यहि देखाउन्छ । साथै नेपालले ‘सगरमाथा संवाद’ भनेर अन्तरष्ट्रिय कार्यक्रम राख्दै छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबेलाका स्वागत गेट, दुई देशबीचको समझौता नेपालको कुटनितिक संवादको थलो सगरमाथा संवाद । यी तीन घटनाले नै पुष्टि गर्छ, नेपाल र चीन अब एभरेष्ट होइन, सगरमाथा मै जोड दिन्छन् । के? वा पुरानो नेपाली नामाकरणमा?
नेपाल–अहिले १६४ वर्षपछि, २०० वर्षको इतिहासमा नेपाल पहिलो पटक २०७६मा सगरमाथाको उँचाइ नाप्दै छ । नेपाल सरकार २०७२ सालको भुकम्प पछि सगरमाथा नाप्न सर्वेभर टोली चैत्र २०७५ सालमा पठाएको र यसमा ५ जना सर्वेभर छनौट गरि सगरमाथाको नापमा हिस्सा लिन तैयारी गरेको छ । आरोहण टोलीलाई १० अप्रिल २०१९मा शुभकामना दिंदै नेपालको प्रधानमन्त्री के.पी.शर्मा ओलीले भनेका थिए :– सगरमाथाको उँचाई घटेको भन्ने विश्वास छैन ।
२०७५ साल मंसिर देखि नाप शुरु गरेको नेपाल सर्भेयरबाट मापन कार्य पहिलो पटक जी.पी.एस मा हुन लागेको छ । सरकारले बजेट र खर्च करिब १५ करोड देखि २५ करोड खर्च हुने अनुमान गरिएको छ । यो सर्वे गुरुत्वाकर्षण सर्वे हुने छ ।
नेपाल सरकार अहिले २०७५ सालको सर्वेमा १२९ नियंत्रण विन्दु कायम गरेको छ । सगरमाथाको शिखर सम्म जोडेर सर्वेक्षण गर्न १२ स्थानको उँचाई स्थापित गर्न खोजेको र यो ठाउँ सिरहाको माडर देखि ३ वटा प्रमुख स्थानहरुमा सोलुखुम्बुको पताले, फप्लु नजीक रहेको छुयांङमु डाँडा र पीके डाँडा सम्मको माप हुनेछ र अन्तमा सगरमाथाको काम गरिनेछ । मापन पुरा भएपछि विश्व पर्वतारोहण महासंघको मान्यता तिर जाने प्रक्रिया हुनेछ ।
नेपालको नापमा दायाँ बायाँ ५०–५० किलोमिटरको दुरीमा ३०० वटा नियंत्रण विन्दु–दोलखा, सोलुखुम्बु, संखुवासभा, रामेछाप, ओखलढुंगा, खोटांग, भोजपुर, सिन्धुली, उदयपुर, सिरहा, सर्लाही, महोत्तरी, धनुषा, र सप्तरी कायम गरेको छ । यसको १२ वटा प्रमुख विन्दु मध्ये वेस आधार चाहिँ सिरहाको माडर लिइएको छ । जी.पी.एस. प्रविधिबाट सगरमाथा नाप्न सोलुको पताले सहित लोबुचे, लाहुरे डाँडा, पिके डाँडा, खोटाङको एंसेलुखर्क, भोजपुरको मैयुम डाँडा लगायत १२ स्थानमा स्याटेलाइट प्रविधि राखिने योजना बनाएको छ ।
यो सगरमाथाको मापन ट्रिगोनोमेट्रिकल अर्थात त्रिकोण मिति लेभालिंग को आधारमा सर्वेक्षण र उँचाइ लिन लागेको हो । सन् २०२० भित्रको लक्ष्यले विश्वरेकर्ड मान्यता पाउने छ ।
सगरमाथा चुचुरो सम्म पुग्ने केही महान व्यक्तित्व भएको आरोहणकारीको जानकारी यस प्रकार छ । विश्वका प्रथम, दृष्टि विहिन अमेरिकन नागरिक ऐरिकले २००१ मा सगरमाथाको आरोहण गरि सकेको र अहिले एशियाको प्रथम जन्मजात दृष्टिविहिन ३३ वर्षिय नेपाली नागरिक अमिट केसीले जेष्ठ २, २०७६ मा चुचुरो टेकेर फर्कने लक्ष्य राखेको छ । अमित केसी बागलुङको जैमनी नगरपालिका–४ सर्कुवा टोलका वासिन्दा हुनुहुन्छ ।
सगरमाथा चुचुरोमा पुग्ने प्रथम नेपाली चिकित्साक: डा. नीमा नाम्गेल शेर्पा उनी २०७० साल जेष्ठ ५ गते सगरमाथा पुगेका थिए ।
सगरमाथा सबै भन्दा धेरै पटक सफल आरोहण गरि विश्व कीर्तिमान राख्ने नेपाली आंङरिता शेर्पा हो । सबैभन्दा कम उमेरको शम्भु तमाङ सन् १९९३ मा १८ वर्ष को उमेरमा आरोहण गरे । यस्तो सगरमाथा वार–पार गर्ने प्रथम व्यक्ति नेपालका आङफुर्वा हुन । उहाँ ५ मे १९८८ मा उत्तरी धारबाट चढेर दक्षिणी धार तिर झरेका थिए ।
सगमाथा वार–पार गर्ने प्रथम व्यक्ति नेपालका आङ फुर्वा हुन जसले 5th May 1988 मा उत्तरी धारबाट चढेर दक्षिणी धार तिर झरेका थिए । उहाँको संलग्नता चीन, जापान आरोही सँग थिए ।
यसै प्रकार अपाङ्ग यानी एक खुट्टा नभएका अमेरिकी नागरिक ४९ वर्षिय टक ह्विटयाकर ले २०५५ साल जेठ १३ गते चुचुरो पुगेको इतिहास छ ।
सगरमाथा आरोहण गर्ने सबैभन्दा बृद्ध आरोही जापानका कात्ससुके याना गि साबा हो जसले साल २०६४ जेठ ८ गते ७१ वर्ष को उमेरमा उत्तरी मोहराबाट आरोहण पुरा गरेका थिए ।
जापानकी, फुकुसीमा की, ५ फीट अगली, जुन्को ताबेई, ३ वर्षकी छोरीलाई पति मासानोबूको जीम्मा लगाई काठमाडौं नेपाल सरकारलाई १ करोड ४० लाख रुपया सलामी दस्तुर तिरी, सन्. १९७५ मा सगरमाथा आरोहण गरेकी र राजा बीरेन्द्र वीर विक्रम शाहदेव वाट ‘प्रबल गोर्खा दक्षिण बाहु’ पुरस्कार समेत पाएकी थिए ।
गिनिज वर्ल्ड रेकर्ड २००० को मिलेनियम संस्करणमा नाम समावेश हुने नेपाली पर्वतारोहीहरुमा तेन्जिङ नोर्गे शेर्पा, शम्भु तामाङ, आङरिता शेर्पा, बाबुछिरी शेर्पा र काजी शेर्पा हुन् । यस्तै गिनिज बुकमा नाम लेखाउनमा संखुवासभाकी ४४ वर्षया ‘ल्हाक्या शेर्पा’ पनि हुन् । उहाँको बिहे अमेरिकन संग भएको हो ।
पासाङ्ग ल्हामु शेर्पा विश्व सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने प्रथम नेपाली महिलाका रुपमा ख्याति कमाए की छन् । उहाँ नेपालको सोलुखुम्बु जिल्लाको चौरी खर्क गा.वि.स. मा पर्ने सुर्के भन्ने ठाउँमा वि.सं. २०१८ मा जन्मेको हो । उहाँ आफ्नो आमा आङ ढाकी शेर्पा र बुबा फुर्वा कितार शेर्पा की तेस्रो सन्तानको रुपमा जन्मनु भएको हो ।
हाल सर्वोच्च शिखरमा २४ औं पटक सोलुखुम्बुको थामेका ४९ वर्षिय कामीरीता शेर्पाले आरोहण पुरा गरि, नयाँ सोच बनाउन लागेको छ । कामरिता शेर्पाले २४ वर्षको उमेर छदा, २०५१ सालमा पहिलो पटक सगरमाथा आरोहण गरेको हो । उहाँले एक पटक तिब्बत तर्फको उत्तरी मोहराबाट चुचुरोमा र २३ पटक नेपाल तर्फको दक्षिणी मोहराबाट चुचुरोमा पाइला राखेका हुन । क्रामरिता शेर्पाको सफलता जेठ, २०७६ साल सम्ममा २४ पटक सगरमाथा चुचुरो चुमेको जानकारी आएको छ ।
सगरमाथा चढने चुचुरो पुग्ने प्रयासमा करीब २०,००० भन्दा बढीले गरेका हराहरी मा ७,००० बढी चुचुरो चुमेको जानकारीमा छ । सबैले सगरमाथा चढने तर, चुचुरोमा पुगे नपुगेको प्रमाणमा सन्. २००९ यता चुचुरोमा राखिएको बुद्धको मूर्तिलाई प्रमाण मानिने गरिएको छ । त्यो प्रमाणको आधार आफ्नो तस्वीर सगरमाथा चुचुरो पुगेको दिखाउने हो । तापनि २०७३ मा भारतिय दमपति दिनेश र तर्केश्वरी राठोडको सगरमाथा आरोहण विवादित पनि भयो । शिखर मै न पुगी उनीहरुले प्रबिधिको माध्यमबाट फोटो जोडेर आरोहण गरेको तस्वीर पर्यटन विभागमा पेश गरोका थिए । नाम्चे बजार र लुक्ला बाटै नै अनुमानको भरमा प्रमाण–पत्र दिएको छ । विवादमा आउने गरेको प्रत्येक वर्ष कुनै न कुनै विवाद उब्जने गरेका छन् । बी.बी.सी. का लागि डेनियल हग्सले २०७० साल ५ गते जेठमा चुचुरो बाट गरेको प्रत्यक्ष प्रसारण पनि विवादको विषय बन्यो । यस्तै, सन् २००५ मा फ्रेन्च पाइलट डिडर डेल्सेले यूरोकप्टर कम्पनीको हेलिकोप्टर सगरमाथाको चुचुरोमा पुर्यायो, जसलाई कानुन उल्लंघन गरेको पनि अनुमति विवादमा परे । कान्तिपुर जेठ १४, २०७४ को कुम्भराज राईले लेखेको आश्चर्य जानकारी आरोहणको क्रममा सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फहराएको खबर फैलियो । पछिलो लटमा चुचुरो टेकेर आएका आरोहीहरुका अनुसार चुचुरोमा दलाई लामाको झण्डा फहराइएको यथार्थ हो । तर कस्ले लगेर फहरायो भन्ने यकिन जानकारी अहिलेसम्म प्राप्त भएको छैन । पर्यटन विभागले यस विषयमा अनुसन्धान गरिने भएको छ । दलाई लामाको झण्डा लाने आरोही तिब्बतीयन भएको तर भारतीय नागरिकको रुपमा आरोहणका लागि आएकोले सबै खर्च दलाई लामाले व्योहरेको सम्म हल्ला सुनिएको छ ।
सिकदर बारे बिबिसी को जानकारी
यदि सन् १८५२ मा भारत एक स्वतन्त्र देश हुन्थ्यो र राधानाथ सिकदर बेलायती सरकारका लागि काम गरिरहेका हुन्थेनन् भने संसारले माउन्ट एभरेस्टलाई माउन्ट सिकदरको नामले चिन्ने थियो। आखिर माउन्ट एभरेस्टको नाम बेलायती सर्भे जनरल जर्ज एभरेस्टको नाममा राखियो । मेधावी गणितज्ञ सिकदरले माउन्ट एभरेस्टको उचाइ ‘क्यालकुलेट’ गरेका थिए र संसारलाई यो नै संसारकै सबैभन्दा अग्लो हिमाल भएको बताएका थिए । एभरेस्टको उचाइ पत्ता लगाएर संसारभर प्रख्यात हुनुपर्ने व्यक्तिबारे सायद आज धेरैलाई थाहासम्म छैन । सामान्य ब्राहमण परिवारमा सन् १८१३ मा कोलकाताको जोरासामा जन्मेका राधानाथ सिकदरको अधिकांश ससय चन्दननगरमा बित्यो ।
चन्दननगर भारतका निकै कम फ्रेन्च कोलोनीमध्ये एक थियो । हुगली नदीको किनारमा अवस्थिति यो बस्ती कोलकातादेखि उत्तरमा करिब डेढ घन्टाको दूरीमा छ। यहीँ रहेको एक क्याथोलिक चिहानस्थलमा उनको पनि चिहान छ। यो चिहानस्थल १६९६ मा बनेको थियो। एक ब्राह्मणको चिहान ? त्यो पनि रोमन क्याथोलिकको चिहानस्थलमा ! यो कसरी सम्भव छ ? स्थानीय चर्चका पादरी आरसन बेल्सका अनुसार राधानाथ सिकदर युवावस्थामै इसाई बनेका थिए। तर, पछि उनी फेरि हिन्दू धर्ममै फर्केका थिए ।
सिकदरले कहिल्यै बिहे गरेनन् । उनको परिवारमा उनका बारे बताउनेवाला कोही छैन । त्यसैले उनले किन इसाई धर्म अँगाले र पछि फेरि किन हिन्दू धर्ममै फर्किए भन्नेबारे कनै तथ्यांक पाउन सकिन्न । उनको कथाव्यथा आजको भारतीय राजनीतिक माहोलका लागि कैयौँ पाठ थियो । उनको धर्मान्तरणको प्रसंगले हिन्दू दक्षिणपन्थीको त्यो धारणालाई तोडेको छ, जसले भारतमा दलित अन्य निम्न जातिका मानिसले मात्र धर्म परिवर्तन गर्छन् भन्ने गरेका छन् । यद्यपि सिकदरको प्रसंग योभन्दा बढी नै रहस्यमय छ । जब हिमालको काम गरेर उनी बंगाल फर्किए, त्यतिवेला उनी अत्यन्त डरलाग्दो तरिकाले “फ्रस्ट बाइटस्’ बाट ग्रस्त थिए। हिन्दू समाजलाई लाग्यो कि उनलाई कुष्ठरोग लागेको छ। यसका अतिरिक्त उनी खुला रूपमै गोमांस खाने गर्थे,, जसका कारण ब्राहमण समुदायले उनलाई बहिष्कृत गरे ।
पादरी वेल्सका अनुसार कुष्ठरोगलाई लिएर ती दिनमा हिन्दू समुदायमा कलंकको भावना थियो । उनले अगाडि बताए- पछि सिकदरलाई इसाईले अपनाएर उनको स्वास्थ्यको पूरापूर ख्याल राखे । सिकदरले पछि निकै धेरै काम गरे । फ्रेन्च चिहानस्थलमा उनको चिहान रहेको स्थानतजिक प्रार्थना हल छ। उनको सम्मानमा प्रार्थना हलमा उनको एक तस्बिर झुन्ड्याइएको छ। उनको चिहानमा एक विशेष प्रकारको पत्थर लगाइएको छ । जसमा एकजनाले पहाडमाथि चढ्दै गरेको देखाइएको छ । त्यहाँ सिकदरको नाम सँगै “यिनले माउन्ट एभरेस्टको उचाइ नापेका थिए’ भन्ने लेखिएको छ ।
उनको चिहानको दायाँतिर अर्का एक हिन्दू बंगाली पञ्चानन्द टसको पनि चिहान छ । उनले पनि इसाई धर्म अपनाएका थिए । चिहानस्थलमा हिन्दू धर्मबाट इसाई बनेका यी दुई हस्तीको मात्र चिहान छ ।
चिहानस्थलको रेखदेख गर्ने सपन विश्वासका अनुसार पञ्चानन्दको परिवारले हिन्दू धर्मको ‘रीतिअनुसार नै उनको अन्तिम संस्कार गरेका थिए । उनीहरूले उनको शरीरलाई चिहानस्थलमा गाड्न दिएनन् । मात्र उनको चिताको खरानी त्यहाँ राख्न दिएका थिए ।
एक्अर्काप्रतिको अविश्वासका बाबजुद यस सहरमा मानिसहरू सँगसँगै मिलेर बसिरहेका छौँ। पादरी वेल्स भन्छन्, उनले पहिलो पटक चिहानस्थलको सरसफाइको सुरुआत गर्दा सबैभन्दा पहिले हिन्दू समुदायका मानिस नै मद्दतका लागि आएका थिए । लामो समय बन्द रहेका कारण कब्रिस्तानमा झाडी बढेको थियो । कमसेकम मृत्युपछि नै सही सिकदरलाई जुन धर्ममा उनले जन्म लिएका थिए र जुन धर्मलाई उनले चुनेका थिए, स्थान त मिल्यो ।
नेपालमा सबै भन्दा उँच्चो र सबै भन्दा होचो
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा रहेझैं विश्वको सम्बन्ध गहिरो स्थान–मृतसागर इजरायलमा रहेको छ । संसारको सबै भन्दा उँचो र सबै भन्दा होचोको प्रेम संसार भरि नै चर्चा, इतिहासमा समावेश पाइएको छ । हुन त, केचनाकबल पनि बढी नेपालको होचो भूभागको रुपमा परिचित छ ।
नेपालमा –सगरमाथाको उँचाई – ८८४८ मिटर
ईजरायलमा – मृत सागर गहिरो – ४०० मिटर (करिब १३०० फिट)
नेपालमा – केचनाकबल होचो – ५८ मिटर
सगरमाथा पृथ्वीको सर्वोच्च विन्दु सगरमाथाको चुचुरो हो । यो हिमालय पर्वत श्रृंखलाको नेपाल र तिब्बतको सिमानामा अवस्थित छ ।
मृतसागर करिब १३०० फिट, करिब ८० किलो मिटर लामो र १७ किलोमिटर चौडाई मा छ । इजरायली भूमिमा रहेको मृतसागर विश्वको सबै भन्दा होचो भाग हो यो जोर्डन उपत्यकाको दक्षिणी छेउमा रहेको छ । मृतसागर करिब ८० किलोमिटर लामो र १७ किलोमिटर चौडा रहेको छ । नेपालको मुजुरा पत्रिकाको लेखमा दिएको जानकारी सय वर्ग किलोमिटरमा फैलिएको यो सागरको छेउमा नेपालको सगरमाथाको ढुँगा राखेर सानो मन्दिर पनि बनाइएको छ । जसले संसारको अग्लो चुचुरो र होचो भुभागको सम्पर्कलाई जोडेको छ । यसमा उत्तर तिरको जोर्डन नदी, स्थायी मूल र हठात् आउने बाढीको पानी जम्मा हुन्छ । यहाँको पानी नुन र खनिजको गहन मात्रामा छ । यहाँको पानी अरु महासागरको पानी भन्दा ७–८ गुणा बढी नुनिलो छ । मृतसागर वास्तवमा मृत छ किनकी यहाँ कुनै जीवजन्तु वा वनस्पति छैनन् । यो ठाउँमा पाउने खनिजयुक्त हिलो, उच्च वायु चाप, अक्सिजनको उच्च परिमाण र गन्धकयुक्त पोखरीहरुः– चर्मरोग, वाथरोग र फोक्सो सम्बन्धी रोगका उपचारका लागि हितकर भएको हुनाले यहाँ प्राकृतिक उपचार केन्द्र र आधुनिक कस्मेटिक कारखानाहरु छन् । यो ठाउँ प्राकृतिक उपचारका लागि एक अन्तरराष्ट्रिय पर्यटक स्थल पनि हो ।
विश्व कै सबै भन्दा अग्लो चुचुरो सगरमाथा विश्व चर्चित छ भन्ने नेपालकै सबै भन्दा होचो भूभागका रुपमा परिचित छ । – ‘नेपालको केचनाकबल’ ।
समुद्री सतहबाट ५८ मिटरको उँचाईमा अवस्थित यो ठाउँ नेपालको झापा जिल्ला को केचना गा.वि.समितिके वडा नं. ७ मा पर्छ । झापाको सदुरमुकाम चन्द्रगढीबाट यो स्थान ३१ मिटर दक्षिणमा पर्दछ । यो नेपालमा भारतको सिमानाको ५०० मिटरको दुरीमा पर्दछ । मेची राजमार्गको अन्तिम विन्दु केचनाबाट लगभग २ किलोमिटर पुर्व उत्तर छिरेपछि नेपालको होचो भूमि भनेर पहिचान गरिएको केचनाकबल पुगिन्छ । केचनामा ढुँगाको कछुवाको आकृतिमा ठडिएको २० फिट अग्लो स्तम्भ छ । २०४४ साल पुस १६ गते तत्कालिन राजारानी विरेन्द्र विक्रम शाहदेव र ऐर्श्व्य महारानीले सो स्तम्भको उद्धघाटन गर्नुभएको थियो । यसको इतिहास भीमसन ले किचकसँग लाप्पा खेलेर उसको वध यसै ठाउँमा भीमसेन र किचकको मुर्ति समेत २०३८ सालमा स्थापना गरिएको छ ।
महाभारत कालमा विराट राजाले राज्य विस्तार गर्दा उहाँका सेनापति ‘किचक’ले (विराट राजाको सालो तर शक्तिशाली साथै दुराचारी किचकको कुदृष्टि पाण्डव परिवार द्रौपदी माथि परेछ) यहाँ २ वटा पोखरी बनाउनु भएको स्थानीय जानकारहरु बताउछन् । यो क्षेत्रमा २०५९ सालमा पुरात्त्व विभागले उत्खनन गर्दा पुरातात्विक महत्वका वस्तुहरु पाइएको छ ।
केचनाकबल क्षेत्र महाभारत कालिन विराट राजाको नाट्य दरबार र त्यहाँभएको पक्कि घर–दरबारमा विराटराजा आई नृत्य हेर्ने गर्नु हुन्थ्यो ।
अन्त्यमा विभिन्न पत्रपत्रिका बाट संकलन गरि नेपालको स्वर्ग -सर्वोच्च शिखर सगरमाथा चुचुरो र त्यस बारे हामी नेपालीको भावना र प्रेम तलको कवितामा पनि पाएको जानकारी गराउँदै छु ।
सगरमाथा नाङ्गै देखिन्छ,
कविता: विक्रम सुब्बा
कुनै छलकपटको चिसो योजना थाल्न हो –“कि”
या कुनै झुप्रोहरुको छातीमा सर्दी हाल्न हो ?
शान्ति को कुनै ओस्याइलो गीत गाउन हो – “कि”
या कुनै गुराँसको कलकलाउँदो थुँगा अठ्याउन हो – “कि”
आफ्ना केहि सुकिला
भारदार हिमालहरु लस्करै राखेर
सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ
पहाडै पहाड घुइचो धारीमा
सबैभन्दा माथि उछिट्टिएर फक्रेको
ओ सगरमाथा
कविता: भक्त किराती
बोल न बोल ओ सगरमाथा
कति मुस्कुराई रहन्छौ
तिमिलाई चोर्न आउँदैछ
तिमै्र दुस्साहसी छिमेकी ।
म त ठान्छु सगर छुन्छौ की
तर तिमि त अथाह अटल
संसारभरि अमर तिम्रै नाम ।
तर छिमेकीलाई चिन्दैनौ किन ?
तिम्रै रुपदेखि डाहा गर्छन्
तिम्रै नाम देखि इष्र्या किन ?
तिम्रै छातीमा यात्रा गर्छन्
फर्कि जान्छ आफ्नो देश किन ?
आकाश छुने स्वप्न देख्छन्
तिम्रै सेरोफेरो घुमी
मौन रही मुस्कुराई रहन्छौं ।
बोल्दैनौ तिमि किन ?
तिमै्र प्रतिविम्व हौं हामी
शिरमा झण्डा गाडी पुज्ने छौ
तिमि सर्वव्यापी सगरमाथा
जय जय भन्दै पुकार्ने छौ ।
कस्ले मर्यो भन्छ
सुगन्धभुमी सगरमाथामा ?
यही हाम्रो विरासत र सम्पदा
सर्वपुजनीय जिउँदो पुर्खाहरु ।
आफ्नो नामले परिचित नहुनेहरु
सगरमाथालाई खोज्दछ त्यो बेला
बदनामी भई जिउन नसक्नेहरु
सगरमाथा टेक्छन् त्यो बेला ।
आर्दशमय कुरा छाँट्छन्
स्वप्नको झण्डा फरफराउँदै
सगरमाथा प्यारो भन्छन्
रेष्टुरेन्टमा व्हिस्की पिउँदै ।
ओ जिउँदो सगरमाथा
साक्षात् इतिहास तिमी
त्यसैले समस्त हामी नेपाली
घुँडा टेकी दण्डवत् गर्छौं ।
प्रण, अर्पण, छ रक्षा हामी गर्छौ ।
तिमै काखमा छ
निशानीको खम्बा
फेदीभरी फैलिएको
चिहानसँगै नामको बुट्टा
खै के भनौं, यी आरोहीहरुलाई
नैराश्य छु म आफैं
अथिति भनूँकी तस्कर भनुँ
जिवन्त र भावुकमा म आफैं ।
देखाउँछन् रासनकार्ड र ग्रीनकार्ड
ह्दयको प्रतिविम्व सिर्जनाहरुमा
श्रद्धा, आस्था, विश्वास चुलिरहँदा
खै किन अवसानको महसुस हुँदैछ
तस्करीले सगरमाथाको आरोही बन्दा
दिव्यदृष्टि सालिनता हराउँदै किन ?